भद्रपुर। मानव बेचविखन, लागू औषध दुव्र्यसन विरुद्ध काम गर्दै आएका झापामा क्रियाशील विभिन्न सामाजिक संघ–संस्थाले मानव बेचविखन विरुद्धका सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।
अन्तराष्ट्रिय मानव बेचविखन विरुद्धको दिवसको अवसर पारेर चेलीबेटी बेचविखन विरुद्ध काम गर्दै आएको एबिसी नेपाल झापाको नेतृत्वमा नेपाल–भारत भद्रपुर–गलगलिया सीमानाकामा सचेतनामूलक सन्देश लेखिएका पोष्टर, प्लेकार्डहरु टाँसेका थिए ।
नेपाल भारत सीमानाकाको नेपालतर्फ ढाट आसपास, अटो, सिटी, ट्याक्सी लगायतका सवारी साधनमा समेत सचेतनामूलक पोष्टर र स्टिकर टाँसिएको हो ।
साथै भद्रपुर–गलगलिया वारीपारी तीन पाङ्ग्रे साधन सञ्चालन गर्ने चालक र स्थानीय महिलाहरुको सहभागीतामा मानव बेचबिखन बिरुद्ध हुने विभिन्न गतिविधिबारेजानकारी दिंदै सचेतना कार्यक्रम सम्पन्न भएको साना हातहरु नेपालका विक्रम वाग्लेले जानकारी दिए ।
एविसी नेपालकी झापा अध्यक्ष कञ्चना ढकाल सिटौलाले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको सचेतनामुलक दिवसका सन्दर्भमा भद्रपुर वडा नं.–५ का वडा सदस्य जेष्ठमल ठाकुर, वडा प्रहरी कार्यालयका प्रमोद रेग्मी, मानव अधिकारका लागि महला एकल महिला झापाकी अध्यक्ष रेखा अधिकारी, सीमानाकास्थित शसस्त्र प्रहरी बलका प्रमुख लगायतले आ–आफ्ना धारणा राखेका थिए ।
मानव बेचविखन विरुद्धका सचेतनामुलक कार्यक्रम

































































































