Homeसमाचारतारा नमस्तेका २३ जना बालबालिकालाई झापाका महिला उद्यमीले खुवाए खिर

तारा नमस्तेका २३ जना बालबालिकालाई झापाका महिला उद्यमीले खुवाए खिर

झापा । आज साउन १५ अर्थात खिर खाने दिन। नेपाली परम्परा र संस्कार अनुसार आजको दिनलाई खिर पर्वको रूपमा मनाइएको छ।

अधिकांशले नेपालीले आज घरघरमा खिर खाएर यो दिनलाई स्मरणीय बनाए / खाइयो। यो व्यक्तिगत कुरा रह्यो र हो । तर, कतिपय संघसंस्थाले आज सामुहिक रूपमा खिर खाएर र खुवाएर यो दिनलाई विशेष बनाए।

झापामा महिला उद्यमी संघ नेपाल झापाले २३ जना अनाथ बालबालिकालाई खिर खुवाएर यो दिन सम्झन लायक बनाएको छ। संघले बिर्तामोड नगरपालिका – ४ भद्रपुर बसस्टेशन नजिक रहेको तारा नमस्ते बालग्राममा आश्रीत नानीबाबुहरूलाई खिर खुवाएको संघकी कार्य समिति सदस्य कल्पना कडरियाले बताइन् ।

उनका अनुसार त्यहाँ रहेका बालबालिकालाई सामुहिक खिर खुवाएर खिर पर्व बनाइएको हो। सो बालग्राममा १२ जना बालक र ११ जना बालिका आश्रीत छन् ।

बुबाआमा नभएका, बेवारिसे अवस्थामा छाडिएका तथा अन्य विभिन्न कारणले सहाराविहीन बनेका अनाथलाई योशोदा पोखरेल चापागाईंले बालग्राम खोलेर लामो समयदेखि आश्रय दिइरहेकी छन् ।

संघले सामाजिक कार्यक्रम अन्तरगत उनीहरूलाई खिर खुवाएर साउन १५ लाई विशेष दिनका रूपमा मनाएका कडरियाको भनाइ छ। खिर खुवाउने कार्यक्रम संघकी कार्यबाहक अध्यक्ष शर्मिला अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा संघ आबद्ध महिला उद्यमीको बाक्लो उपस्थिति थियोे ।

नेपाली मौलिक परम्परा अनुसार आजको ठिक एक महिना अघि अर्थात असार १५ मा लहीचिउरा खाने गरिन्छ। त्यसैगरी आज अर्थात साउन १५ गते खिर खाने चलन छ । हरेक महिनामा एक विशेष प्रकारको खानेकुरा खाने भनेझैँ साउन १५ गते खिर खाइन्छ / खुवाइन्छ।

संस्कृतिविद्हरुका अनुसार यो पहिलेदेखि नै रहँदै आएको थिति हो। भएको डा. जगमान गुरुङको भनाइ छ । पौराणिक र धार्मिक मान्यता अनुसार विभिन्न पूजाआजामा खिर खाने गरिन्छ । हवन गर्दा समेत खिर अग्निमा चढाउने गरिन्छ ।

साउन १५ मा देवदेवालय तथा मन्दिरहरूमा दीनदुखीलाई प्रसादका रूपमा खिर खुवाउँने चलन छ । असार १५ गते दहीचिउरा खाने र धान दिवस मनाउने प्रचलन रहे जसरी साउन १५ गतेलाई खिर खाने र कोदो दिवस मनाउने निर्णय सरकारले गरे समय सापेक्ष र सान्दर्भिक हुने जानकारहरुको धारणा छ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारतारा नमस्तेका २३ जना बालबालिकालाई झापाका महिला उद्यमीले खुवाए खिर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img