Homeसमाचारमातृ भजन समूहले गर्यो खिर खुवाउँदै ज्येष्ठ नागरिकलाई सम्मान

मातृ भजन समूहले गर्यो खिर खुवाउँदै ज्येष्ठ नागरिकलाई सम्मान

भद्रपुर । झापाको मातृ भजन समूह भद्रपुर १० चन्द्रगढीले स्थानिय क्षेत्रका १५ जना जेष्ठ नागरिकलाई खिर खुवाउनुका साथै फलफुल प्रदान गरेर सम्मान गरेको छ । प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल उप प्रमुख राधा कार्की सम्मान गरेका थिए । नेपालीहरुको मौलिक संस्कृतिका रुपमा साउन १५ लाई खिर खाने दिनको रुपमा मनाउँछन् ।
मौलिक संस्कृतिलाई निरन्तरता दिने क्रममा समुहले ७० बर्ष माथिका जेष्ठ आमा बुबालार्इ सम्मान गरेको समुहकी सचिव ज्योति रिजाल न्यौपानेले जानकारी दिइन् ।
कार्यक्रममा प्रमुख अतिथि पोखरेल, उपप्रमुख कार्की, भद्रपुर नगरपालिका वडा नं. १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी, लता फुयाल लगायतले बोल्दै नेपाल र नेपालीहरुको धार्मिक संस्कृतिको जगेर्ना गर्दै जानुपर्नेमा जोड दिए। पद्मा चापागाइको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन न्यौपाने र स्वागत शुशिला दाहालले गरेका थिए।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमातृ भजन समूहले गर्यो खिर खुवाउँदै ज्येष्ठ नागरिकलाई सम्मान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img