HomeFeatured 2एक क्विन्टल सुन तस्करी प्रकरणमा संलग्न भएको आशंकामा बेल्जियमी नागरिक पक्राउ

एक क्विन्टल सुन तस्करी प्रकरणमा संलग्न भएको आशंकामा बेल्जियमी नागरिक पक्राउ

झापा । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन तस्करी प्रकरणमा जोडिएको आशंकामा राजस्व अनुसन्धान विभागले काठमाडौंको ठमेलस्थित भियाना होटलबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेल्जियमका नागरिक दावा छिरिङ रहेका छन् ।
विभागले भियाना होटलबाट आइतबार तिब्बती मूलका बेल्जिमयका नागरिक छिरिङलाई पक्राउ गरेको हो । छिरिङ यसअघि पनि विदेशी मुद्रा, सुन तस्करी लगायतमा संलग्न चिनियाँ गिरोहसँग जोडिएका पात्र भएको प्रहरी स्रोतले जनाएको छ । उनी यसअघि कल बाइपास गर्ने चिनियाँ गिरोहसँग पनि संलग्न थिए ।
स्रोतका अनुसार उनको नेपालका केही उच्च नेताहरुसँग राम्रो हिमचिम छ । पछिल्लो पटक सुन तस्करी गिरोहसँग समेत छिरिङको सम्पर्क रहेको देखिएकोले पक्राउ गरिएको विभागले जनाएको छ ।
यसैबीच, शनिबार राति टोखाको एक प्रिफ्याब हाउसमा छापा मारेर विभागले केही सामान बरामद गरेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2एक क्विन्टल सुन तस्करी प्रकरणमा संलग्न भएको आशंकामा बेल्जियमी नागरिक पक्राउ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img