HomeFeatured 2चन्द्रगढीमा निर्मित सार्वजनिक शौचालय हस्तान्तरण

चन्द्रगढीमा निर्मित सार्वजनिक शौचालय हस्तान्तरण

भद्रपुर । सरकारी कार्यालयहरु रहेको झापाको सदरमुकाम चन्द्रगढीमा सार्वजनिक शौचालय सञ्चालनमा आएको छ । जिल्लाभरिबाट सरकारी कामकाजका लागि आउने सेवाग्राहीका लागि चन्द्रगढीमा सार्वजनिक शौचालय नहुँदा निकै असुविधा भइरहेको अवस्थामा रोटरी क्लव अफ भद्रपुरको संयोजनमा सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माण भई सम्बन्धित वडालाई हस्तान्तरण भएको छ ।
सर्वसाधारणले उपयोग गरी निर्माण भएको सार्वजनिक शौचालय शनिबारबाट वडा कार्यालय भद्रपुर–८ लाई हस्तान्तरण गरिएको हो । भद्रपुर नगरपालिकाले जग्गा उपलब्ध गराएपछि चन्द्रगढीको महेन्द्र पार्कसँगै जोडेर टेलिकम कार्यालय नजिकै शौचालय बनाइएको छ ।
झापाली समाज अस्ट्रेलियाको सहयोगमा १५ लाख बढीको लगानीमा शौचालय निर्माण भएको हो । शौचालय निर्माणका लागि झापाली समाज अस्ट्रेलियाले सातलाख रुपैयाँ सहयोग गरेको र बाँकी रकम रोटरी क्लव अफ भद्रपुरले जुटाएको क्लवका निवर्तमान अध्यक्ष ईश्वर अधिकारीले बताए । प्राविधिक रुपमा अझै केही काम बाँकी रहेकोले शौचालय पूर्णरुपमा सञ्चालनमा आउन अझै केही दिन लाग्ने अधिकारीको भनाई छ । शौचालयमा महिला र पुरुषका लागि छुट्टाछुट्टै कक्ष निर्माण गरिएको छ ।
प्रदेश सांसद मोहन महर्जनको प्रमुख आतिथ्य र रोटरी क्लब अफ भद्रपुरका अध्यक्ष विनोद चापागाईंको अध्यक्षतामा शौचालय वडा कार्यालयलाई हस्तान्तरण भएको थियो ।
कार्यक्रममा विशेष अतिथि भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की, निवर्तमान नगरप्रमुख जीवनकुमार श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशका निवर्तमान अध्यक्ष टिकाराज ढकाल, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश झापा अस्ट्रेलिया समाजका प्रतिनिधि कर्ण राजवंशी, वडाध्यक्ष गौरव सुब्बा लगायतले रोटरीको सामाजिक सेवा कार्यको प्रशंसा गर्दै शौचालय संरक्षण र समुचित उपयोग हुनुपर्ने धारणा राखेका थिए ।
रोटरी क्लव अफ भद्रपुरका निवर्तमान अध्यक्ष अधिकारीले सञ्चालन गरेको कार्यक्रममा क्लवका उपाध्यक्ष डा.नवराज कोइरालाले स्वागत मन्तव्य राखेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2चन्द्रगढीमा निर्मित सार्वजनिक शौचालय हस्तान्तरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img