Homeसमाचारभन्सार नतिरी नेपाल छिरेको कन्टेनरमा एककरोड २७ लाख बढीको सामग्री

भन्सार नतिरी नेपाल छिरेको कन्टेनरमा एककरोड २७ लाख बढीको सामग्री

काँकरभिट्टा । भन्सार छलेर नेपाल भित्रिएपछि झापा प्रहरीले नियन्त्रणमा लिएको कन्टेनरमा एककरोड २६ लाख बढीको सामान रहेको पुष्टि भएको छ । प्रहरीले नियन्त्रणमा लिएको कन्टेनरलाई आज राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ ।
प्रहरीले शुक्रबार साँझ मेचीनगर नगरपालिका–६ स्थित पुरानो भन्सार क्षेत्रबाट ना. ६ ख ४९०२ नम्बरको रोकि राखेको कन्टेनरलाई बिशेष सूचनाका आधारमा नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।


टेलिफोन लेखिएको भाडा माझ्ने साबुन २५ काटुन, COCO ZEAL नामक हुक्काको कोईला ६० वटा काटुन, Afzal Authentic Flavored Molasses हुक्काको फ्लेवर ८० काटुन र काँचको झ्याली–झ्याम्टा दुईहजार चारसय ६५ किलोग्राम सहित अवैध सामग्री रहेको खुलेको छ । बरामदी सामग्रीको मूल्य एककरोड २६ लाख २७ हजार पाँचसय मूल्य बराबरको रहेको बताइएको छ ।
विशेष सूचनाका आधारमा बेवारिसे अवस्थामा कन्टेनर नियन्त्रणमा लिइएकोले कन्टेनर चालक र सामग्री आयात गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
नेपाल भारत पूर्वी नाका काँकरभिट्टा क्षेत्रमा भन्सार नगरी करोड भन्दा बढी मूल्यको सामान बोकेको कन्टेनर फेला परेपछि अहिले सर्वत्र आक्रोश र आलोचना भइरहेको छ ।
सरकारले गत साउन १ गतेदेखि नाकाबाट एकसय रुपैयाँ भन्दा बढी मूल्यको सामान ल्याउदा भन्सार गर्नुपर्ने नियम लागू गरेका बेला करोड मूल्य बढीको सामान बोकेको कन्टेनर फेला परेपछि नियमनकारी निकायप्रति आलोचना चुलिएको हो । एकसय रुपैयाँ भन्दा बढी मूल्यको सामान ल्याउदा भन्सार गर्नुपर्ने नियमले गरिबको गरिखाने बाटो बन्द गरेको भन्दै नाका र मेचीनगर पालिकामा आन्दोलन समेत भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारभन्सार नतिरी नेपाल छिरेको कन्टेनरमा एककरोड २७ लाख बढीको सामग्री
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img