HomeFeatured 2नेकपाका संस्थापक कर्माचार्यको १० औं स्मृतिसभा सम्पन्न

नेकपाका संस्थापक कर्माचार्यको १० औं स्मृतिसभा सम्पन्न

चारपाने । नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्यको १० औं स्मृति दिवस झापाको बिर्तामोडमा मनाइएको छ । नरबहादुर कर्माचार्य मोमोरियल फाउण्डेशन (एनबिके) बिर्तामोड–२ को आयोजनामा मंगलबार (आज) प्रतिष्ठानमा स्मृति दिवस मनाइएको हो ।
प्रतिष्ठानका अध्यक्ष ज्योतिसिंह दर्लामीको अध्यक्षतामा भएको स्मृतिसभामा कोशी प्रदेश सांसद तथा पूर्व भौतिक पूर्वाधारमन्त्री दुर्गा चापागाईको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा स्वागत तथा एनबिके टेक्निकल कलेजको बिषयमा प्रशिक्षक सुधिर दासले प्रकाश पारेको कार्यक्रममा प्रमुख अतिथि चापागाई, प्रतिष्ठानका सल्लाहकार तथा प्रदेश पूर्व कृषिमन्त्री झलकसिंह दर्लामी, संबिधानसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) झापा सचिव मोहन टुडु (सरोज) लगायतले संस्थापक नेता कर्माचार्यको योगदानको चर्चा गरेका थिए । प्रतिष्ठानका अध्यक्ष ज्योतिसिंहले नेता कर्माचार्यको जीवनीको चर्चा गरेको कार्यक्रमको सञ्चालन एनबिकेका सहायक प्रिन्सिपल बिष्णु चुडालले गरेका थिए ।
कार्यक्रममा प्रतिष्ठानका सञ्चालक समिति सदस्य तथा नेकपा माओवादी केन्द्र बिर्तामोड नगर उपाध्यक्ष जेबी जबेगु, पार्टीका नगर उपाध्यक्ष कमलप्रसाद कडरिया, सचिब गणेश कालिकोटे, पार्टीको प्रदेश निर्वाचन क्षेत्र नं. २ (१) का संयोजक प्रकाश भट्टराई, शिक्षकशिक्षका, बिद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिष्ठानले तीन बर्ष अघिदेखि सीटिइभिटीसँगको साझेदारीमा प्राबिधिक शिक्षा अन्तरगत बाली बिज्ञान, पशु बिज्ञान, बन बिज्ञान र होटल म्यानेजमेन्ट बिषयमा अध्यापन गराउँदै आएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2नेकपाका संस्थापक कर्माचार्यको १० औं स्मृतिसभा सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img