शनिश्चरे । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को अर्जुनधारा नगरस्तरिय समिति गठन गरिएको छ ।
इन्सेकका क्षेत्रीय संयोजक सोमराज थापाको अध्यक्षता तथा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यतामा सम्पन्न मानव अधिकार र सामाजिक न्यायका निम्ति परियोजना परिचयात्मक तथा मानव अधिकार समूह गठन कार्यक्रमका बीच समूह गठन गरिएको हो ।
चन्द्र सुवेदीको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा रिना मगर, सचिवमा विष्णु आचार्य, सहसचिवमा सुभद्रा नेपाल, कोषाध्यक्षमा सिता कँडेल चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा विष्णु प्रसाई, जिना लिम्बू, एकदेव खनाल, लुना भट्टराई, राज खम्बू, सिता भारती, झुमा घिमिरे, पशुपति घिमिरे, शुशिला गिरी, अशोक वान्तवा राई र अनारुल महमद रहेका छन् ।
इन्सेकका परियोजना संयोजक बाग्मती कट्टेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा प्रमुख अतिथि राना, अर्जुनधारा नगरपालिका वडा नं.–५ का अध्यक्ष ध्यानबहादुर भारती, नगरपरिषद सदस्य दिलमाया दास लगायतले स्वागत मन्तव्य राखेको कार्यक्रममा स्वागत नरेश खाती र सञ्चालन राजन साङपाङले गरेका थिए ।
इन्सेकको नगर समूह गठन

































































































