Homeसमाचारपैसा तिर्न नसक्दा सुत्केरी अस्पतालमै बन्धक

पैसा तिर्न नसक्दा सुत्केरी अस्पतालमै बन्धक

विर्तामोड २० कात्तिक । एउटी महिला आमा बन्नुमा जति अरु केहीमा खुशी हुन सक्दैनन् । पहिलो पटक आमा बनेकी एसिलाले त्यो खुशीको अनुभव गर्न सकिरहेकी छैनन् ।
बच्चा स्वस्थ्य छ आमा पनि स्वस्थ्य छिन् यो अवस्थामा एलिसालाई आमा बन्दा खुशी हुन किन सकिरहेकी छैनन् त ? प्रश्न उठेछ ।
यम पञ्चक शुरु भइसकेको थियो, सरकारी अस्पतालमै प्रसुती गराउने प्रयास गर्दै एसिलाको परिवार दमक पुग्यो, त्यहाँ सम्बन्धित डाक्टर नभएको भन्ने जवाफ पाएपछि भद्रपुर अस्पतालमा पहल गरे त्यहाँ पनि डाक्टर नभएको बुझेपछि प्रसुती विरामले च्यापेकी उनलाई विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारका लागि भर्ना गरियो कात्तिक नौ गते । १० गते एसिलाले एक शिशुलाई जन्म दिइन् ।
एसिलाका गर्भबाट जन्मिएको नवजात शिशुलाई डाक्टरको भनाई अनुसार एनआइसीयुमा राखियो । अस्पताल भर्ना गरेको ६ दिनपछि डिस्चार्ज गर्न मिल्ने उपचारमा संलग्न चिकित्सकले बताए । तर अस्पतालको विल ६० हजार बुझाउनु पर्ने भएपछि एसिला अहिले अस्पतालमै बन्धक बनेकी छन् । पैसा खोजेर आउँछु भने निस्किएका श्रीमान ४÷५ दिनयता सम्पर्कमा छैनन् । पैसा र श्रीमान् खोजी गरिदिने दर्विलो आफ्नो मान्छे कोही नभएका कारण एसिलालाई अहिले अस्पतालमा बन्धक बन्नु परेको पीडा एकातिर छ भने अर्कोतिर श्रीमान् बेखबर भएको पीडाले उस्तै सताएको छ ।
‘कता गयो केही पत्तो छैन, अघि पछि पनि त्यस्तो भर भएको मान्छे होइन त्यसैले उसले जान्छु भनेका एक÷दुई ठाउँमा बुझ्यौं छैन’–एसिलाकी आमाजु सपना मगरले भनिन् । स्थायी रुपमा कुनै काम नभएका एसिलाका श्रीमान् अशोक ज्यालादारीको काम गर्थे । अशोकी दिदी अर्थात एसिलाकी आमाजु सपनाले थपिन् अघिपछि त्यस्तै थ्यो, कुनै भर थिएन्, दुई÷चार दिन पछि आफैं फर्कन्थ्यो, अहिले अशोकको खोजी भन्दा एसिलालाई अस्पतालबाट निकाल्नै गाह्रो भएको छ, उसको त खासै खोजी नै गरेको छैन ।’
घरमा दर्विलो अभिभावक नभएकाले पनि समस्या भएको छिमेकी संगीता खानले बताइन् । उनले भनिन्–बुबा उनीहरुसंग छैनन्, अर्कै आमासंग बस्छन्, अशोक पहिलेदेखि कै अलि फटाहा जस्तो नै हो, ज्यालादारी गरेर जिविका चलाउँथे त्यसैले पनि कठिन भएको हो ।’
नवजात शिशु र आमाको उपचार खर्च वापत अस्पताललाई एकलाख रकम बुझाउनुपर्ने भएपछि अहिले उनीहरु सहयोगको याचना गरिरहेका छन् । सोही अनुसार सहयोग जुटाईदिन आग्रह गर्दै एसिलाकी आमाजु सपना गंगामाया तथा नरबहादुर बस्नेत क्यान्सर पीडित सहयोग संस्थाको शरणमा पुगेका छन् ।
गंगामाया तथा नरबहादुर बस्नेत क्यान्सर पीडित सहयोग संस्थाको संयोजनमा बुधबार भएको पत्रकार सम्मेलनमा सहयोगको अपिल गरेकी हुन् ।
संस्थाका सञ्चालक भूपाल बस्नेतले सहयोग माग्दै सपनाले गुहार मागेको बारे जानकारी दिंदै विहीवार एसिलाको गृहनगर कनकाईमा सहयोग संकलन गर्ने तयारी गरेको जानकारी दिनुभयो । सपनाको सहयोग गरिदिन गरेको आग्रहसंग बास्तविकता बुझ्न अस्पताल समेत पुगेका बस्नेतका अनुसार हालसम्ममा अस्पतालमा लगभग एकलाख, मेडिकलमा (औषधी वापत) २२ हजार चारसय ३८ रुपैयाँ तिर्न बाँकी छ भने १४ हजार पाँचसय रुपैयाँ डिपोजिट गरिएको छ । उपचारका क्रममा यसअघि २३ हजार बढी खर्च भइसकेको छ ।
आमा र बच्चा दुवै स्वस्थ्य भएपनि अस्पतालमा बन्धक बन्नु पर्दाको पीडा अत्यन्तै दुःखदायी र कारुणिक भएको दृष्यले आफ्नो मन छोएको बताए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपैसा तिर्न नसक्दा सुत्केरी अस्पतालमै बन्धक
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img