Homeसमाचारलोकसेवा आयोगको तालिम सम्पन्न

लोकसेवा आयोगको तालिम सम्पन्न

भद्रपुर । झापाको चन्द्रगढी लोकसेवा आयोग तयारी कक्षाको तालिम सम्पन्न भएको छ । भद्रपुर नगरपालिकाको सहयोग तथा सत् मिलन महिला समूह भद्रपुरको आयोजनामा लोकसेवा आयोग तयारी कक्षाको समापन नगर उप प्रमुख राधा कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो।
भद्रपुर नगरपालिका वडा नं– ७ का वडाध्यक्ष अभिषेक ढुङानाको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा सिर्जनशिल सेवा समिति अध्यक्ष गोमा घिमिरे , प्रशिक्षकहरू राजन न्यौपाने, लवकुमार घिमिरे, सविन दाहाल, गणेश सुवेदी, संस्थापक अध्यक्ष सावित्रा न्यौपाने, सल्लाहकार तथा पूर्व अध्यक्ष मन्जु दाहाल लगायतको आतिथ्यता रहेको थियो । लोकसेवा आयोग नायब सुब्बा सो सरहको प्रशिक्षार्थी, संस्थाको सदस्यहरुको उपस्थितिमा सम्पन्न भयो ।
संस्थाका अध्यक्ष यसोदा कँडेल कोईरालाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सचिव मेनका शर्मा दाहालले सञ्चालन गरेकी थिइन् भने पूर्व अध्यक्ष पोखरेलले स्वागत मन्तव्य, सिर्जनशिल सेवा समाजका अध्यक्ष घिमिरे, सहजकर्ता राजन न्यौपाने, सुवेदी शुभकामना मन्तव्य राखे । कार्यक्रममा प्रशिक्षार्थीहरूले अनुभव, सुझावसहित भजन, कविता वाचन गर्दै मनोरञ्जनात्मक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारलोकसेवा आयोगको तालिम सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img