कालीस्थान । कालिका बहुद्देश्यीय सहकारी सस्था अर्जुनधारा–९ ले संस्थाको २१ औ स्थापना दिवसको अवसर पारेर आयुर्वेदिक उपचार सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।
कालिकापीठ कालीस्थानको सभाहलमा सम्पन्न कार्यक्रममा शनिश्चरे आयुर्वेदिक औषधालयका् प्रमुख अनिलकुमार ठाकुरले आयुर्वेदिक औषधिको प्रयोग र मानव स्वास्थका बिषयमा प्रशिक्षण दिएका छन्।

संंस्थाका अध्यक्ष कर्णबहादुर तामाङको अध्यक्षता र अर्जुनधारा सहकारी समन्वय समितिका अध्यक्ष कृष्णप्रसाद चापागाईंको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि चापागाईं, सस्थाका सल्लाहकार एवं पूर्व अध्यक्ष पदमलाल श्रेष्ठ, कालीस्थान बौद्ध गुम्बा ब्यवस्थापन समिती अध्यक्ष सन्तबहादुर तामाङ, कालीस्थान माविका प्रधानाध्यापक इन्द्रप्रसाद उप्रेती, कालिकापीठका कोषाध्यक्ष खडानन्द खतिवडा, मनास्लु क्लबका अध्यक्ष मनोजकुमार गोम्देन, मिना श्रेष्ठ, भुमिका बराल लगायतले मन्तव्य राखेको संंंस्थाका ब्यवस्थापक दामोदर दाहालले जानकारी दिए ।
सस्थाका उपाध्यक्ष योगप्रसाद मिश्रले स्वागत गरेको कार्यक्रमको संचालन केदारप्रसाद पोखरेलले गरेका थिए। कार्यक्रमका बिच लामो समयदेखि सस्थामा कार्यरत कर्मचारी शान्ति भण्डारीलाई बिदाइ समेत गरिएको थियोे ।

































































































