HomeFeatured 2मानव अधिकार सञ्जाल झापाको अध्यक्षमा रुपक

मानव अधिकार सञ्जाल झापाको अध्यक्षमा रुपक

बिर्तामोड । मानव अधिकार सञ्जाल झापाको शनिवार (आज) सम्पन्न तेस्रो अधिवेशनबाट अध्यक्षमा प्रा.डा. रुपक खनाल चयन भएका छन् ।
बिर्तामोडमा आयोजित मानव अधिकारकर्मीहरुको भेलाले खनालको अध्यक्षतामा सर्बसम्मत समिति चयन गरेको हो ।
१५ सदस्यीय समितिको उपाध्यक्षमा कविता बास्तोला, सचिवमा दिपक दास, सहसचिवमा कुमार चुडाल र कोषाध्यक्षमा मिरा भट्टराई रहेका छन् ।
समितिको सदस्यहरुमा रणदेव हजाम, रन्जन धमला, राजनारायण साह, चञ्चला सुब्बा, विकास कोइराला, नरेश खाती, ज्ञानु थापा, चन्द्र चुडाल र यज्ञ कडरिया रहेको निर्वाचन समिति सदस्य रेजिना गौतमले जानकारी दिइन । एकजना सदस्य भने समितिको पहिलो बैठकले मनोनित गर्ने बताइएको छ ।
यसअघि संस्थाका अध्यक्ष विष्णु खरेलको अध्यक्षता तथा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन सत्रमा मानव अधिकारकर्मी सूर्य उप्रेतीलाई सम्मान गरिएको थियो । सम्मानित व्यक्तिलाई प्रमुख अतिथि पोखरेलले सम्मान पत्र प्रदान गरे ।
प्रा.डा. रुपक खनालले सञ्चालन गरेको कार्यक्रममा स्वागत कविता शर्माले गरेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथि पोखरेल, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दुर्गाराज रेग्मी, सम्मानित व्यक्तित्व उप्रेती नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2मानव अधिकार सञ्जाल झापाको अध्यक्षमा रुपक
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img