Homeसमाचारमजदुर मैत्री कानून बनाउने प्रतिवद्धता

मजदुर मैत्री कानून बनाउने प्रतिवद्धता

बिर्तामोड । नेपाली काङ्ग्रेस कोशी प्रदेश सभापति एवम् प्रदेशसभा सासद उद्वब थापाले मजदुर मैत्री कानून बनाउने आश्वासन दिए ।
नेपाल् ट्रेड युनियन काङ्ग्रेससग आबद्ध सस्था नेपाल चिया बगान श्रमिक संघको सातौ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथि रहेका सभापति थापाले अन्य क्षेत्रभन्दा चिया मजदुरहरुको समस्या अलिक फरक र जटिल रहेको बताउदै सभापति थापाले कानून बनाएर कार्यान्वयन गर्न आफूले भुमिका खेल्ने बताए ।
निर्यातजन्य कृषि उत्पादनमा चियाको महत्वपूर्ण योगदान रहन सक्ने बताउदै सभापति थापाले मजदुर, किसान र उध्योगीको सहकार्यबाट चिया क्षेत्रका धेरै समस्याहरु समाधान हुने धारणा राखे ।

No description available.


कार्यक्रममा प्रदेश सासद गोपाल तामाङ, नेपाल ट्रेड युनियन काङ्ग्रेसका केन्द्रीय सभापति पुष्कर आचार्य, उपमहासचिव ज्योति कोइराला, कोशीका सभापति नारायणबाबू कार्की, नेपाली काङ्ग्रेस झापाका सभापति देउकुमार थेबे, उपसभापति केशवराज पाण्डे, सचिब कृष्ण हुमागाइ, ट्रेड युनियन काङ्ग्रेस झापाका अध्यक्ष यज्ञप्रताप अधिकारी, पत्रकार महासङ झापाका अध्यक्ष एकराज गिरी लगायतले शुभकामना मन्तब्य राख्दै चिया खेतीको बिकास बिस्तार र गुणस्तरीय उत्पादन गर्नसके निर्यातजन्य ब्यापारको मुख्य हिस्सा ओगट्ने बताएका थिए । साथै सरकारले मजदुर्को पक्षमा बनाएका कानुन कार्यान्वयनमा ल्याउनुपर्ने बताएका बक्ताहरुले मजदुरहरुको जीवनस्तर सुधार का लागि संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा राशन कार्डको ब्यवस्था जोड दिएका थिए ।
दिपक तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा भक्तबहादुर बिक र जोगमती राजबंशीलाइ दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमजदुर मैत्री कानून बनाउने प्रतिवद्धता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img