बिर्तामोड बैशाख । महिलाहरुलाई सीप सिकाएर स्वरोजगार बनाउने उद्देश्यले झापालको विर्तामोडमा ५ दिने चुरा, पोते बनाउने तालिम शुरु भएको छ ।
बिर्तामोड उद्योग वाणिज्य संघ मातहतमा रहेको महिला उद्यमी समुहको आयोजना र बिर्तामोड नगरपालिकाको सहयोगमा सञ्चालित तालिमको बिर्तामोड नगरपालिकाका उपप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि नगेन्द्र संग्रौलाले गरेका थिए ।
महिला उद्यमी समूहकी अध्यक्ष तिलोत्तमा खत्रीको अध्यक्षतामा सम्पन्न तालिम उद्घाटन कार्यक्रममा अतिथिहरु बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, महिला मुक्ति अभियानकी अध्यक्ष राधा सुब्बा, लायन्स क्लब अफ स्मार्ट लेडी बिर्तामोडकी अध्यक्ष पार्वता गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
बिर्तामोड उद्योग वाणिज्य संघकी सहकोषाध्यक्ष राधिका हुमागाँईले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा स्वागत बरिष्ठ उपाध्यक्ष यशोदा उप्रेतीले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन महासचिव कमला पौडेलले गरेकी थिइन् ।
बिर्तामोड उद्योग बाणिज्यकी उपाध्यक्ष नैनकला भट्टराई, पार्वता खरेल विमली, कञ्चना ढकाल सिटौला, पार्वता बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
महिला उद्यमी समुहको आयोजनामा चुरा पोते बनाउने तालिम शुरु

































































































