बिर्तामोड । नेपाल ट्रेड युनियन काङ्ग्रेससग आबद्ध सस्था नेपाल चिया बगान श्रमिक संघको सातौ राष्ट्रिय महाधिवेशनबाट दिपक तामाङ पुनः अध्यक्षमा चयन भएका छन् ।
समितिको वरिष्ठ उपाध्यक्षमा मिलन राई, महिला उपाध्यक्षमा नर्बदा निरौला, उपाध्यक्षमा लोकबहादुर खड्का, हेमराज खड्का र कमला खनाल, महासचिवमा जीवन खड्का, उपमहासचिवमा राम नेम्बाङ, कोषाध्यक्षमा अकलबहादुर श्रेष्ठ चयन भएका छ्न ।
यसैगरी समितिका सदस्यहरुमा सारबिर शेख, लालदास चौहान, रामबहादुर मगर, रेनुका फुयाल, सन्तोष करुवा, ग्यानेन्द्र थापा, बिप्ता मुण्डा, रेनुका राजबंशी, मेनुका बस्नेत, आगमन बिक चयन भएको निर्वाचन समिति सदस्य जयकुमार दाहालले जानकारी दिए ।
लक्ष्मीप्रसाद शिवाकोटी नेतृत्वको समितिले निर्वाचन सम्पन्न गरेको थियो भने नवनिर्वाचित सबैलाई आजै प्रमाणपत्र बितरण गरिएको छ । नेपाली काङ्ग्रेस झापाका सभापति देउकुमार थेबेले प्रमाणपत्र बितरण गरेका थिए ।
नेपाल चिया बगान श्रमिक संघको अध्यक्षमा तामाङ

































































































