Homeसाहित्यनयाँ वर्षको शुभकामना

नयाँ वर्षको शुभकामना

यशोदा उप्रेती

शुभकामना शुभकामना
नयाँ वर्षको शुभकामना
छुट्टिएका छन् पहाड तराई नयाँ वर्ष तिमी आउ
एकताको सन्देश दिंदै सम्बन्धलाई जोडेर जाउ ।(२)

अधुरा छन् लाखौं सपना नयाँ वर्ष तिमी आउ
तिन करोड नेपालीलाई आशिर्वाद दिएर जाउ । (२)

विदेशिएका सन्तान सबै नयाँ वर्ष तिमी आउ
घरभित्र रोजगारको अवसर जुटाएर जाउ । (२)

बगि राछन् आँशु यहाँ नयाँ वर्ष तिमी आउ
दुःख कष्ट नाश गर्द खुशी नै खुशी दिएर जाउँ । (२)

रोकिएका छन् पाइला यहाँ नयाँ वर्ष तिमी आउ
प्रगतिको गोरेटो देखाइ सगरमाथा चढाई जाउ । (२)

रातो छ रगत सबैको नयाँ वर्ष तिमी आउ
सानो ठूलो भेदभावको पर्खाल तोडेर जाउ । (२)

उजाड छ यो देश आज नयाँ वर्ष तिमी आउ
बसन्तको बहार वनि हरियाली छाएर जाउ । (२)

हत्या हिंसा बढि राछ नयाँ वर्ष तिमी आउ
अध्यारो छ शान्ति विनाको संसार बुद्ध जन्माएर जाउ ।(२)
शुभकामना शुभकामना
नयाँ वर्षको शुभकामना
बिर्तामोड–झापा

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
साहित्यनयाँ वर्षको शुभकामना
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img