बिर्तामोड । उर्जाशील रामधुनी आमा समूह बिर्तामोडको आयोजनामा नयाँ वर्षको प्रवेशसंगै बिर्तामोडको मुख्य चौक सफा गर्नुका साथै झण्डोत्तलन गरिएको छ ।
संस्थाकी अध्यक्ष गंगा ढकाल शिवाकोटीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा सम्पन्न झण्डोत्तलन कार्यक्रममा प्रमुख अतिथि प्रसाई, बिर्तामोड सरसफाई अभियानका अभियान्ता भरत बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
मुक्तिचौक आसपासको क्षेत्र सफाईमा एबिसी नेपाल झापा, नारी सञ्चार गृह झापा, लालीगुराँस भक्तबारी आमा समूह, मेची महाकाली सरसफाई अभियानका अभियान्ता, नेपाल प्रेस युनियन, जिल्ला ट्राफिक कार्यालय झापा ताप्लेजुङ झापा सरोकार समाज लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
उर्जाशील रामधुनी आमा समूहद्वारा मुक्तिचौक सफाई तथा झण्डोत्तलन

































































































