Homeसमाचारलाखौं मूल्यका गरगहनासहित पक्राउ परेका साहमाथि अनुसन्धान हुँदै

लाखौं मूल्यका गरगहनासहित पक्राउ परेका साहमाथि अनुसन्धान हुँदै

विर्तामोड १४ कात्तिक । चोरी गरेको ठूलो परिणामको गरगहनासहित झापाको विर्तामोडबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको सिलिगुडी घर भएका ४३ बर्षीय रघुबरप्रसाद साह रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
साहलाई झापाको कमल गाउँपालिका–६ स्थाई घर भई हाल विर्तामोड नगरपालिका–५ डेरा गरी बस्ने ललिता सापकोटा, गिता पौडेल मधु गुप्ताको घरमा बुधबार दिउँसो कोही नभएको अवस्थामा चोरी भएको भन्ने जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले घटनास्थल आसपासमा रहेको सि.सी.क्यामरा फुटेज हेर्दा चोरी गरेर निस्किदै गरेको अवस्थामा पक्राउ गरेको जनाइएको छ ।
पक्राउ परेका साहले प्रयोग गरेको WB 74 AM 2724 नम्बर प्लेटको भारतीय गाडी चेकजाँच गर्ने क्रममा सो गाडीबाट छड्के तीलहरी, मंगल शुत्र, चुरा, कानमा लगाउने झुम्का लगायत लाखौ मूल्य बराबरको सुन तथा चाँदीका गरगहना, नेपाली रुपैयाँ ३८ हजार र भारतीय रुपैयाँ १३ हजार ७ सय बरामद श्रोतले जनाएको छ ।
पक्राउ परेको व्यक्ति अनौठो प्रकृतिको भएकोले अहिले नै सबै कुरा खोल्न नमिल्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताउनु भयो । गाडीसहित पक्राउ परेका साह चोर बाहेक अरु पनि केही हो कि भन्ने आशंकामा प्रहरीले गहिरो अनुसन्धान भइरहेको प्रवक्ता श्रेष्ठको भनाई छ ।
बरामद भएको गर गहनाहरु सम्बन्धीत पीडितहरुबाट सनाखत गराएर समान सहित पक्राउ परेका साहबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारलाखौं मूल्यका गरगहनासहित पक्राउ परेका साहमाथि अनुसन्धान हुँदै
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img