बिर्तामोड । झापाको बिर्तामोडमा मानव अधिकार शिक्षा र विद्यार्थीहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । वीरता लेडी जेसीजकी अध्यक्ष संगीता गिरीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यतामा उद््घाटन भएको कार्यक्रममा प्रमुख अतिथि प्रसाईले मानिसमा सोच महत्वपूर्ण रहेको बताइन । कार्यक्रममा बोल्दै प्रसाईले पछिल्लो समय दुषित खानपानका कारणले व्यवहार विग्रदा एकापसमा विश्वास गुमाउँदै गएको धारणा राखिन् ।
संगीता चिमरियाले कार्यक्रमको औचित्यमाथि स्वागत तथा औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा जेसीज आस्थावाचन आस्थावाचन चन्द्रकला रिजालले गरेकी थिइन् भने भिजन मिसन वाचन सुमित्रा भट्टराईले गरेकी थिइन् ।
कार्यक्रममा प्रमुख अतिथि प्रसाई, बिर्तामोड नगरपालिका वडा नं. ४ का वडाध्यक्ष राहुल शर्मा, नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, जेसीजका राष्ट्रिय उपाध्यक्ष भीम कुँवर, वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष शुष्मा पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । महासचिव निशा शाक्यले सञ्चालन गरेको कार्यक्रममा जेसीजकी राष्ट्रिय उपाध्यक्ष स्वस्तिका आचार्य लगायतको उपस्थिति रहेको थियो ।
विद्यार्थी लक्षित कार्यक्रमको सहजीकरण मानव अधिकारकर्मी गणेश घिमिरेले गरेका थिए ।
मानव अधिकार शिक्षा र विद्यार्थीको क्षमता अभिबृद्धि तालिम

































































































