Homeसमाचारसडक निर्माणका लागि समिति गठन

सडक निर्माणका लागि समिति गठन

सतासीधाम ८ कात्तिक । फायरलाईन भनेर चिनिएको दमक देखि कमल चुलाचुली हुँदै सतासीधाम सम्म जोडिने १३ किलोमिटर सडक निर्माण गर्न पूर्व नापी अधिकृत डिल्ली कुमार लिम्बुको अध्यक्षतामा कमल–५, टुक्रेमा भएको एक भेलाले ११ सदस्यीय कार्य समिति गठन गरेको छ ।
दमक १ मा बन्दै गरेको रतुवा पुलबाट पर्यटनको सम्भावना बोकेको इलाम र झापाको सिमाना जोडिने विगतमा फायरलाईन भनेर कहलिएको उक्त सडकलाई आर्थिक बर्ष ०७६÷०७७ को संघीय संसदीयको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत बजेट माग गर्ने उद्देश्यले समिति गठन गरिएको हो ।
स्थानीय निकायहरुको सिफारिसमा वर्तमान प्रधानमन्त्री केपी सर्मा ओल्किो झापा क्षेत्र नं. ५ र पूर्व सभामूख सुवासचन्द्र नेम्बाङ्ूको इलाम क्षेत्र नं२ बाट ५०÷५० लाखका दरले १ करोड रुपैंया सडक डिपिआर गर्नलाई माग गर्न समिति गठन गरिएको हो ।
धेरै पटक सडक निर्माणको लागि पहल गरिएतापनि उक्त बाटो ओझेलमा पारिएको दमकका समाजसेवी वीरसिह धिमालले बताउँनु भएको छ । सो सडक निर्माण गर्नलाई सबै स्थानीय तहका राजनैतिज्ञ, समाजसेवी, बुद्धिजीवी र सरोकारवालाहरुलाई भेलामा बोलाई निर्माण समिति गठन गरिएको धिमालले जानकारी दिनुभयो ।
उक्त सडक निर्माण हुन सके विशेषत चुलाचुली गाउँपालिका प्रत्यक्ष लाभान्वित हुने र त्यक्ष क्षेत्रको पर्यटन प्रवद्र्धनमा विशेष सहयोग पुग्ने समितिका अध्यक्ष डिल्ली कुमार लिम्बुले बताउनु भएको छ ।
उक्त भेलाले समितिको उपाध्यक्षमा उमेश तुम्रोक, सचिव हरि प्रसाद चम्लागाई, सह–सचिव विपीन योङ्या, कोषाध्यक्ष मिना पाण्डे, सदस्यहरुमा क्रमशः मोहन तुम्रोक, नरेश माङ्मु, रुपा नेम्बाङ, आईतहाङ सम्बाहाङ्फे, माया मगर र रंगलाल तिम्सीना चयन गरेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसडक निर्माणका लागि समिति गठन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img