विर्तामोड ८ कात्तिक । १ नम्बर प्रदेशका प्रदेश प्रमुख प्रा.डा. गोविन्द तुम्बाहाङले सत्य, तथ्य, निष्ठा र आदर्शको पत्रकारिता गर्न सुझाव दिनुभएको छ ।
झापाको विर्तामोडमा प्रमुख कार्यालय रहेको ग्लोवल सञ्चार प्रा.लि.द्वारा सञ्चालित ग्लोबल अनलाईन र ग्लोबल टि.भी.को उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि रहनुभएका तुम्बाहाङले सामाजिक सशक्तिकरण, देशको समग्र विकास र सबैको अधिकार रक्षाका लागि संवेदनशील भएर कलम चलाउन सुझाव दिनुभएको हो ।
‘आवाजहीनहरुको आवाज उठाएर सरकारसम्म पु¥याउने, विकास निर्माणका लागि सरकारले थालेका कामको सूचना जनतासमक्ष पु¥याउने काम सञ्चारबाट मात्रै सम्भव छ’(उहाँले भन्नुभयो(‘सत्य तथ्य लेख्ने सञ्चारकर्मीलाई सरकारले सुरक्षा दिनुपर्छ ।’
कार्यक्रमका अर्का बक्ता प्रदेश सभाषद जसमाया गजमेरले सञ्चारमार्फत समाजको परिवर्तन सम्भव हुने बताउँदै सकारात्मक सूचना प्रवाह गर्न आग्रह गर्नुभयो ।
यसैगरी नेपाली कांग्रेस झापाका संगठन विभाग प्रमुख देउकुमार थेवेले सरकारले सबैका अधिकार कुण्ठित गर्न थालेको आरोप लगाउँदै सञ्चारमार्फत अधिकार सुरक्षाका लागि अभियान चलाइदिन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, पूर्व अध्यक्ष कृष्ण हुमागाईले दलगत स्वार्थभन्दा माथि उठेर अभिब्यक्ति तथा प्रेस स्वतन्त्रताको सुरक्षा, युवाहरुको रोजगारी, सञ्चारकर्मीको न्यूनतम पारिश्रमीको सुनिश्चितताका लागि कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।
गोविन्द खतिवडाको सभापतित्वमा सम्पन्न कार्यक्रममा ग्लोवल मिडिया प्रा.लि.का प्रवन्ध निर्देशक शेखर सेडाईंले सञ्चार संस्था स्थापनाको लक्ष र उद्देश्य बताउनुभएको थियो । प्रधान सम्पादक गंगाराम भट्टराइले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन केशव भट्टराईले गर्नुभएको थियो ।
निष्ठाको पत्रकारिता गर्न सुझाव

































































































