झापा । बिर्तामोड उद्योग बाणिज्य संघको आयोजनामा यही फागुन ५ गतेदेखि सञ्चालन गर्दै आएको बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार मेलाको जिल्ला प्रशासन कार्यालय झापाले अनुगमन गरेको छ ।
जिल्ला प्रशासन कार्यालय अन्तरगत स्थानीय प्रशासन फाँट तथा अनुगमन अधिकृत यदुनन्दन दाहालसहित मेलास्थलको अनुगमन गरेको हो ।
महोत्सवले व्यापारी–व्यवसायी र उद्योगीमा आशा जागृत गरेको दाहालले बताए । विगतको तुलनामा उपस्थिति कम जस्तो देखिएपनि कोरोनाले थलिएको बजार क्रमिक रुपमा उठ्दैछ भन्ने सन्देश दिएको दाहालको भनाई छ ।
नेपालसहित विश्व नै आर्थिक चपेटाबाट गुज्रिरहेको अवस्थामा व्यापारीहरुलाई प्रोत्साहन गर्नका लागि मेला आयोजना गर्ने आँट गर्नु नै ठूलो कुरा भएको बताउदै व्यापारी–व्यवसायीलाई पनि क्रमिक रुपमा व्यवसायले पिकअप लिने धारणा राखे ।
कृषि औजारदेखि उत्पादन, कपडा, खाद्य परिकार लगायत विभिन्न किसिमका व्यापारको स्टल राखिएको महोत्सवस्थलमा दैनिक झापामा बसोबास गर्ने आदिवासी/जनजाति समुदायको सांस्कृतिक कार्यक्रम प्रस्तुत हुँदै आएको महोत्सवका आयोजक संस्थाका अध्यक्ष प्रकाश शिवाकोटीले बताए ।
आर्थिक मन्दी, बैंकको ताकेता लगायतका कारणले निराश भएका व्यवसायीलाई महोत्सवले उत्साहित बनाएको मेला आयोजक समितिका संयोजक राजु न्यौपानेले बताए ।
महोत्सवले ब्यापारी व्यवसायीमा उत्साह थपेको महोत्सव संयोजन समितिका सचिव कुशल खतिवडाले बताए ।
किसानको आकर्षण ट्याक्टरमा

गत फगुन ५ गतेबाट शुरु भएको बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सवमा मेचीनगरका दुई व्यक्तिले ट्याक्टर खरिद गरेका छन् । महोत्सव स्थलमा रहेका अटो मोवाइल्स स्टलबाट सामेनालिका ट्याक्टर बिक्री भएको सञ्चालक अनुशील थापाले बताउनुभयो ।
सोनालिका ट्याक्टरको २६ एचपी फोर डब्लू डी ट्याक्टर बिक्री भएको व्यवस्थापक प्रकाश कोइरालाले बताउनुभयो । ट्याक्टर मेचीनगर ३ का सन्देश राई र मेचीनगर ५ का राजेन्द्र मिश्रले ट्याक्टर महोत्सव स्थलबाट खरिद गरेका हुन् ।
देशकै सबैभन्दा चलेको र उत्कृष्ठ भएको सोनालिका ट्याक्टर रोजेको खरिदकर्ता राईले बताउनुभयो । ट्याकटर खरिद गर्दा महोत्सवस्थलबाट हलो निःशुल्क गरिएको बताइएको छ । २५ हजार मूल्य बरावरको हलो महोत्सव अफरका रुपमा प्रदान गरिएको व्यवस्थापक कोइरालाले बताउनुभयो ।
आध्याश्री इन्टरनेशनलले झापा सहित पूर्वका कृषक तथा व्यवसायीलाई ट्याक्टर ट्याक्टर बिक्री बितरण गर्दै आएको छ ।
हात्तीपाइलेको औषध

झापा सहित देश भरका १५ जिल्लामा बिहीवारबाट हात्तीपाईले रोग विरुद्धको औषधि सेवन शुरु भएको छ । अभियान सफल बनाउन झापाका सबै स्थानीय तह, स्वास्थ्य शाखाहरुले सचेतनामूलक कार्यक्रम सहित औषधि सेवन शुर गरेका छन् । अभियानलाई सफल बनाउन बिर्तामोड उद्योग वाणिज्य संघले महोत्सव परिसरमा नै औषधि खुवाउन शुरु गरेको छ । बिहीवार पहिलो दिन नै एक सय ११७ जना भन्दा धेरैले औषधि सेवन गरेको अनारमनी स्वास्थ्य शाखाका अहेव ख्याम प्रसाद कडरियाले जानकारी दिनुभयो । बिर्तामोड उद्योग वाणिज्य संघका कार्यालय सचिव राजु गौतमले औषधि सेवन गरेर उद्घाटन गरिएको औषधि सेवन कार्यक्रममा महोत्सवमा सहभागीले उतहित हुँदै औषधि सेवन गरेको बताइएको छ ।
पहिलो दिन भएपनि औषधि खान जनसाधारण उत्साहित हुँदै औषधि सेवन गरेको अर्का अहेव छवि ढुङ्गानाले बताए । महोत्सवमा सहभागी मध्ये धेरैलाई औषधि सेवन गराउने लक्ष्य रहेको र शुक्रवारबाट साँझ सात बजेसम्म महोत्सव स्थलमा वसेर औषधि सेवन गराउने तयारी गरिएको अहेव ढुङ्गानाले बताए ।

































































































