Homeसमाचाररुखको छहारीमा गोलबद्ध हुन सिटौलाको आह्वान

रुखको छहारीमा गोलबद्ध हुन सिटौलाको आह्वान


बाह्रदशी ६ कात्तिक । नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाले कम्युनिष्टहरु अधिनायकवादतिर उन्मुख भएकाले छरिएर रहेका लोकतन्त्रवादीहरुलाई नेपाली कांग्रेसको झण्डामुनी गोलबद्ध हुन आह्वान गर्नुभएको छ ।
नेपाली कांग्रेस झापा क्षेत्र नं–३ अन्तर्गत ख प्रदेश क्षेत्रीय समितिको आयोजनामा झापाको बाह्रदशीमा शुभदीपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै नेता सिटौलाले यस्तो आह्वान गर्नुभएको हो ।
‘साना पार्टी र झुण्डमा अल्मलिएर थ्रेसहोल्ड नकटाई समय वर्वाद गर्नुभन्दा कांग्रेसको विशाला लोकतान्त्रिक छहारीमा आउनुस’–उहाँले गैर कम्युनिष्ट साना दललाई आह्वान गर्दै भन्नुभयो–‘एउटै छहारीमा बसेर देश र जनताको सेवा गरौं ।’
नेपालमा अहिलेसम्म भएका सबै ठूला परिवर्तनहरुको नेतृत्व नेपाली कांग्रेसले गरेको हुँदा संविधानको रक्षाका लागि पनि कांग्रेस दृढ संकल्पित भएको उहाँले बताउनुभयो ।
कम्युनिष्ट नेताले लगानीमैत्री वातावरण विथोलेर मुलुकको समृद्धि रोकेको आरोप लगाउँदै उहाँले भन्नुभयो–‘कम्युनिष्ट नेताका ठूल–ठूला महल ठडिने तर जनतालाई सम्पत्ति राष्ट्रियकरण गर्ने हल्ला फिजाउँदा लगानीको वातावरण विग्रिएको छ ।’


लोकतन्त्र र जनताको सर्वोच्चताको विकल्प नखोज्न नेकपा नेतृत्वको सरकारलाई सुझाव दिदै नेता सिटौलाले अभिब्यक्ति तथा प्रेस स्वतन्त्रमाथिको नागरिक अधिकार विथोल्न खोजे जनताले राजतन्त्र फालेजस्तै जनताले कम्युनिष्टलाई फाल्ने चेतावनी दिनुभयो ।
देशमा भ्रष्टाचार, महंगी, अनियमितता बढेकोप्रति चिन्ता ब्यक्त गर्दै पूर्व गृहमन्त्री सिटौैलाले कम्युनिष्टहरुको अपरिपक्व र उत्ताउला गतिविधिले जनतामा लोकतान्त्रिक प्रणालीप्रति नै निराशा छाएको भनाइ राख्नुभयो ।
कार्यक्रमका विशेष अतिथि तथा नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले सबै लोकतन्त्र विरोधीले घेराबन्दी गरेर कांग्रेसलाई चुनाव हराएको भनाई राख्दै जनताले कम्युनिष्ट सत्ता भोगीसकेको हुँदा लोकतान्त्रिक प्रणालीमा जनताले अब लोकतन्त्रवादीलाई नै रोज्ने विश्वास ब्यक्त गर्नुभयो ।
नेपाली कांग्रेस झापा प्रदेश क्षेत्रीय समिति ३ (ख) का सभापति नविन विमलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा ने.का. झापाका संगठन विभाग प्रमुख देउमान थेवे, महासमिति सदस्य भगिरथ पोद्धार, जिल्ला सदस्य दयानन्द गोश्वामी, नेपाल महिला झापा सभापति सुशिला ढकाल, नेपाली कांग्रेस बाह्रदशी गाउँपालिकाका सभापति ओमप्रकाश गौतम, हल्दिबारीका भिम फियाक, साविक बाह्रदशी वार्ड नं–४ का सभापति बुधु राजवंशी लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । ३ नं क्षेत्रीय सभापति गणेश पोखरेलले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन प्रकाश भण्डारीले गर्नुभएको थियो ।


हजारौं कांग्रेस कार्यकर्ताको उपस्थिति रहेको कार्यक्रममा नेपाली कांग्रेस झापाका प्रवक्ता लोकराज ढकाल, प्रचार विभाग प्रमुख कृष्ण हुमागाईं, जिल्ला सदस्य विजय रिजाल, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधि, नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, सल्लाहकार राजेन्द्र गौतम, नेपाल पत्रकार महासंघ १ नं प्रदेश सदस्य रेजिना गौतम, बाह्रदशी गाउँपालिका उपाध्यक्ष रत्ना राजवंशी, विर्तामोड नगरपालिका वडा नं–१० का वडाध्यक्ष दुर्योधन गुरुङ, हल्दिबारी वार्ड नं–४ का वडाध्यक्ष होम चुडाललगायतको उपस्थिति रहेको थियो ।



spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचाररुखको छहारीमा गोलबद्ध हुन सिटौलाको आह्वान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img