Homeसमाचारनेविसंघ झापाद्वारा रक्तदान

नेविसंघ झापाद्वारा रक्तदान

विर्तामोड ५ कात्तिक । झापामा देखिएको रगत अभाव टार्ने उद्देश्यले नेपाल विद्यार्थी संघ झापाले मंगलबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । दुर्गा मन्दिर परिसरमा आयोजित रक्तदान कार्यक्रममा ५१ पिन्ट रगत सङ्कलन भएको नेविसंघ झापाका प्रवक्ता सञ्जय निरौलाले जानकारी दिनुभयो ।
नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाको प्रमुख आतिथ्य र संगठन विभाग प्रमुख देउमान थेवेको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै वक्ताद्वयले युवाहरुले सामाजिक उत्तरदायित्वका लागि गरेको कार्य सकारात्मक भएको बताउँदै सामाजिक परिवर्तनमा युवाको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो ।
नेपाल विद्यार्थी संघ झापाका अध्यक्ष राजेन्द्र उप्रेती, कोषाध्यक्ष नवराज ढकाल, जिल्ला सदस्य आशिष लिम्बू, नेविसंघ झापा–काठमाडांै सम्पर्क समितिका सुरज गड्तौलालगायत सर्वसाधारणले रक्तदान गरेको कार्यक्रम सञ्चालक गोकुल पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस प्रचार विभाग संयोजक कृष्ण हुमागाई, नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, नेपाल रेडक्रस सोसाइटी विर्तामोड शाखाका अध्यक्ष सजेश शिवाकोटी, नेपाली कांग्रेस झापा क्षेत्र नं–५ प्रदेश कका सभापति रोहित शाह, महिला मुक्ति अभियान झापा अध्यक्ष राधा सुब्बा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी विर्तामोड शाखाले प्राविधिक सहयोग गरेको थियो ।
मुख्य गरी चाडबाडका सिजनमा खासै रक्तदान नहुदा झापामा रगत अभाव देखिएपछि उक्त अभाव टार्न रक्तदानको आयोजना गरिएको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनेविसंघ झापाद्वारा रक्तदान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img