माघ १ गते । आज ८ औ राष्ट्रिय योग दिवस । ताप्लेजुङसहित देशभर विभिन्न कार्यक्रम गरि मनाईदैछ । नेपालमा २०७२ सालदेखि योगलाई राष्ट्रिय दिवसको रुपमा मनाउन थालिएको हो । अंग्रेजी वर्षको जुन २१ तारिखमा अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउने गरिएको छ । स्वस्थ्य मान्छेको सम्पत्ति हो । त्यही भएर आफ्नो स्वास्थ्यलाई माया गर्नुपर्छ । स्वास्थ्यलाई ठीकठाक राख्नका लागि विभिन्न विधि अपनाउने गरिन्छ । तीमध्ये योग महत्वपूर्ण हो ।
सदरमुकामस्थित उद्योग वाणिज्यसंघको हलमा आइतबार विहान सम्पन्न दिवसको अवसरमा फुङलिङ नगरपालिका नगरप्रमूख अमिर मादेनले योगका लागि भवन बनाउन पहल गर्ने बताए । नगरप्रमूख मादेनले भने,‘भवन बनेमा योगलाई मात्र होइन । अरु प्रयोजनका लागि पनि प्रयोग गर्न मिल्छ ।’ प्रमूख जिल्ला अधिकारी महेशकुमार पोखरेलले योग शिक्षा भए जीवनयापनमा सहज हुने बताए । प्रजिअ पोखरेलले भने,‘योग गर्नु सबैका लागि अपरिहार्य छ । किनकी स्वास्थ्य नै मान्छेको सम्पत्ति हो ।’ पतञ्जली योग समिति प्रदेश नं.–१ की सदस्य शान्ति मादेनले जिल्लामा योग गर्न इच्छुकलाई निःशुल्क सिकाउने गरेको बताए ।
विगतभन्दा योग गर्नेको संख्या बढ्दो छ । उद्योग वाणिज्य सँघको हलमा हरेक दिन विहान योग गर्ने गरेको छ । पतञ्जली योग समितिकी जिल्ला अध्यक्ष सुश्मा शाक्यले भनिन्,‘आफ्नो स्वास्थ्य आफ्नै हातमा हुन्छ । स्वास्थ्यलाई माया गर्न सके मात्र बाँकी काम गर्न सहज हुन्छ ।’ शरिरलाई शारिरीक र मानसिक रुपमा तन्दुरुत राख्नका लागि योग अति महत्वपूर्ण मानिन्छ । विश्वमा योग गर्नेको संख्या वर्षेनी बढ्दोछ । कुनै बेला शहर बजारमा मात्र गरिने भन्ने गरिएको योग समयक्रमसँगै गाउँघरसम्म फैलिएको छ । विद्यालयको पाठ्यपुस्तकमा समेत योग सम्बन्धि पठनपाठन हुने गरेको छ ।
आहार,विहार र विचारको व्यवहारिक अभ्यासबाट निरोगी हुँदै निरोगी परिवार,समाज र देश बनाउन आवश्यक छ । बाचुन्जेल शरिरमा आइयाआत्था भन्न नपर्नेगरि शारिरीक र मानसिक रुपले रोग र दुखबाट मुक्त भई स्वस्थ्य,निरोगी र आनन्दित रहने हो भने योग गर्नुपर्ने योग गर्नेको सुझाव छ । अचेल अप्राकृतिक खानपान,व्यस्त जीवनशैली,असन्तुलित दैनिक क्रियाकलापका कारण मानिस दिनप्रतिदिन शारिरीक समस्या र मानसिक तनावमा परेकाले योग गर्नुपर्नेमा पाथीभरा क्याम्पसका प्राध्यापक सजन पौडेलले जोड दिए । योगका प्रशिक्षक तथा पतञ्जली योग समितिका महामन्त्री समेत रहेका पौडेलले भने,‘मानिसलाई शारिरीक रुपमा लचिलो,बलियो र मानसिक रुपमा बलियो बनाउनपर्छ । स्वास्थ्य शरिर सुन्दर मनका लागि पनि योग महत्वपूर्ण हो ।’ कार्यक्रम पतञ्जली योग समिति,जिल्ला आयूर्वेद र डिभिजन वन कार्यालयको आयोजनामा भएको हो । कार्यक्रम संञ्चालक सुन्दर मोहन शाक्यका अनुसार माघे सक्रान्ति पर्व पनि परेकाले वृहत कार्यक्रम समावेश गर्न नसकेको जानकारी दिए । कार्यक्रममा योग प्रशिक्षकहरुलाई नगरप्रमूख मादेन र प्रजिअ पोखरेलले प्रमाणपत्र समेत वितरण गरको शाक्यले बताए ।
योग दिवसको अवसरमा भवन निर्माणमा सहयोग गर्ने नगरप्रमुखको प्रतिवद्धता ’

































































































