HomeFeatured 2भद्रपुर झापा गोल्डकप सफल पार्न काठमाडौका झापालीको प्रतिबद्धता

भद्रपुर झापा गोल्डकप सफल पार्न काठमाडौका झापालीको प्रतिबद्धता

झापा । झापामा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाई विभिन्न पेशा, व्यवसायमा संलग्न झापालीहरुले झापाको सदरमुकाम भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन हुन लागेको भद्रपुर झापा गोल्डकप सफलता बनाउन आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग पुर्याउने प्रतिबद्धता जनाएका छन् ।
गोल्डकप आयोजनाका लागि सहयोग संकलन गर्न काठमाडौं पुगेको भद्रपुर झापा गोल्डकप आयोजक समितिको टोलीसँग शनिबार औपचारिक रुपमा छलफल गर्दै कोठमाडौंवासी झापालीहरुले दुई दशकपछि मेची रंगशालामा अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता सञ्चालन गर्न लागेकोमा खुशी व्यक्त गर्दै सहयोग गर्न तत्पर रहेको बताएका हुन् ।
गोल्डकपकै सन्दर्भमा शनिबार चावहिलस्थित रिभेरा इन्टरनेशनल एकाडेमीको सभाकक्षमा अन्तरक्रिया आयोजना गरिएको थियो । भद्रपुर झापा गोल्डकपको आयोजनामा गरिएको अन्तरक्रिया कार्यक्रमका लागि वीरेन्द्र एलुम्नाइ एशोसिएशन काठमाडौंले संयोजन, रिभेरा इन्टरनेशनल एकाडेमीले सहजीकरण गरेको थियो भने झापा सरोकार समाज र भद्रपुर सरोकार समाजले सहयोग गरेको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवम् सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष चण्डीराज ढकालको प्रमुख आतिथ्यमा आयोजित सो अन्तरक्रियात्मक छलफलमा गोल्डकप आयोजक समितिका अध्यक्ष दिपेश ढकालले गोल्डकपका विभिन्न पक्ष र भइरहेका प्रगति बारे जानकारी गराउँदै गोल्डकप सम्पन्न गर्न ठूलो बजेट आवश्यक पर्ने भएकोले आर्थिकलगायत सबैखाले सहयोग गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा नेपाल ग्रील व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवाल, वीरेन्द्र एलुम्नाइ एशोसिएशनका अध्यक्ष कैलाश न्यौपाने, झापा समाजका अध्यक्ष डा.आनन्द श्रेष्ठ, महासचिव माधव न्यौपाने, काठमाडौं–भद्रपुर सरोकार समाजका अध्यक्ष वेधनिधि निराला, ओमसाई पाथिभरा अस्पतालका अध्यक्ष दिपक पोखरेललगायतले भद्रपुर झापा गोल्डकप काठमाडौंमा बस्ने झापालीहरुको पनि प्रतिष्ठाको विषय भएकोले प्रतियोगिता सफल बनाउने दायित्व भएको उल्लेख गर्दै सहयोग लागि आग्रह गरे ।
वीरेन्द्र एलेम्नाइ एशोसिएशनका सचिव प्रज्वल कोइराराले सञ्चालन गरेको अन्तरक्रियामा प्रमुख अतिथि ढकालले लामो समयपछि मेची रंगशालामा खेलकुदको रौनक आउन लागेको भन्दै यसलाई सबै क्षेत्रबाट सहयोग पुर्याउनुपर्ने बताए ।
सहयोग संकलनका लागि पुस २४ गते काठमाडौं गएको आयोजक समितिको टोलीमा उपाध्यक्ष सडल्लीराम घिमिरे (हिक्मत)। महासचिव जीवनकुमार श्रेष्ठ, सल्लाहकार टिकाराज ढकालसमेतको सहभागिता छ ।
नेपालका ए डिभिजनका क्लवहरु तथा भारत, भूटान तथा क्यामरुनसमेतका चर्चित टिमहरुको सहभागितामा आगामी फागुन ७ गतेदेखि १६ गतेसम्म मेची रंगशालामा भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आयोजना हुँदैछ । त्यसका लागि मचेी रंगशाको खेलमैदान व्यवस्थित गर्ने र रंगशालामा रंगरोगन गर्ने कार्य भइरहेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2भद्रपुर झापा गोल्डकप सफल पार्न काठमाडौका झापालीको प्रतिबद्धता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img