झापा । दमक लायन्स क्लव अफ झापा दमकले लायन्स क्लब अन्तर्राष्ट्रियका संस्थापक मेल्भिन जोन्सको जन्मजयन्तीको अवसर पारेर साताब्यापी बिभिन्न कार्यक्रम गर्दै आएको छ । क्लबका लायन्स सप्ताह अन्तरगत दमकमा आत्महत्या रोकथाम तथा सचेतना कार्यक्रम शुरु गरेको छ ।
ईलाका प्रहरी कार्यालय दमकका प्रमुख दिलिप गिरीको प्रमुख उपस्थितिमा दमक बसपार्कमा कार्यक्रम घोषणा सहित सचेतना मूलक स्टिकर टाँस गर्ने अभियान शुरु भएको क्लवका अध्यक्ष अशोक चौधरीले बताए। सार्वजनिक बस तथा सवारी साधन र सार्वजनिक स्थलहरुमा आत्महत्या न्यूनिकरण गर्न अपनाउन सकिने सचेतता जगाउने स्टिकरहरु टाँस गरिएको छ ।
लायन्स लिडर तथा क्लवका डाइरेक्टर अजय अग्रवालका अनुसार अहिले समाजमा समस्याको रुपमा बढ्दै गरेको आत्महत्या समस्यालाई न्यूनिकरणका लागि क्लवले शुरु गरेको सचेतता अभियान प्रभावकारी बन्ने विश्वास लिएको बताए ।
क्लवले शनिवार झापाको कमल गाँउपालिका वडा नं. ६ का शारीरिक अपाङ्ता भएका एक बृद्धको घरैमा पुगेर कम्तिमा ३ महिना पुग्नेगरी खाद्यन्न उपलब्ध गराएको छ । सो अवसरमा वडाध्यक्ष नरेन्द्र भट्टराइ पनि कार्यक्रममा सहभागि थिए ।
उक्त कार्यक्रममा लायन्सका लायन्स क्लव ईन्टरनेशनल ३२५ ए वानका पूर्व गर्भनर रेवतबहादुर कार्की र फुलकुमार लालवानी लगायतको उपस्थिति रहेको थियो । उनिहरुले लायन्स क्लव झापा दमकले सप्ताह कार्यक्रम फरकफरक बहु उपयोगी तवरले गरेको भन्दै प्रशंशा पनि गरे ।
मेल्भिनको जन्मोत्सवमा लायन्सद्वारा अशक्तलाई खाद्यान्न

































































































