Homeसमाचारकञ्चनजंघा परोपकार समाज बिर्तामोडको बार्षिक साधारणसभा सम्पन्न

कञ्चनजंघा परोपकार समाज बिर्तामोडको बार्षिक साधारणसभा सम्पन्न

बिर्तामोड ३० पुस । कञ्चनजंघा परोपकार समाज बिर्तामोडको चौथो बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष पार्वता भट्टराई बस्नेतको अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा नं.–५ का वडाध्यक्ष रोहित प्रसाईको प्रमुख आतिथ्यमा कोहेड कलेजको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।
दुःखमा परेका विपन्न तथा असहायलाई आशौच बार्ने कार्यमा सहयोग गर्ने उद्देश्यले ४ वर्षअघि स्थापना भएको कञ्चनजंघा परोपकार समाजले अक्षयकोषको स्थापना गरेको छ भने निकट भविष्यमा भवन निर्माण गर्ने लक्ष्य राखेको अध्यक्ष बस्नेतले जानकारी दिइन् ।


५१ जनालाई प्रमाण–पत्र गरिएको कार्यक्रममा प्रमुख अतिथि प्रसाई, चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमली, अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, पर्शुराम बुढाथोकी, देवेन्द्र हुमागााई, पुष्पलाल चौधरी, पार्वता खरेल विमली, लवकुमार चौधरी, राधिका चुडाल, घनश्याम गिरी, रुद्र दाहाल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा संस्थाको संस्थागत प्रतिवेदन तथा भावी योजना सचिव उमा फुयाल मिश्रले प्रस्तुत गरेको कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष पवित्रा सुब्बाले गरेकी थिइन् ।
सहयोग ११ लाख ८३ हजार ५५१ रूपैयाँ रहेको अक्षयकोषलाई बृद्धि गरी चालू आर्थिक वर्षमा १६ लाख पुर्याउने लक्ष्य राखिएको सचिव मिश्रले बताइन। संस्थाकी सचिव मिश्रले सञ्चालन गरेको कार्यक्रममा हेमकला भण्डारीले स्वागत गरेकी थिइन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकञ्चनजंघा परोपकार समाज बिर्तामोडको बार्षिक साधारणसभा सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img