Homeसमाचारजागरण कृषि समूहलाई १० लाख बराबरको कृषि सामग्री अनुदान

जागरण कृषि समूहलाई १० लाख बराबरको कृषि सामग्री अनुदान

झापा । बुद्धशान्ति १ स्थित जागरण कृषि समूहलाई १० लाख बराबरको कृषि सामग्री हस्तान्तरण गरिएको छ । प्रदेश नं. १ कृषि मन्त्रालयबाट प्राप्त अनुदानबाट २९ थान च्याप कटर मेशिन र २९ थान १ पांग्रे ठेला गरि १० लाख बराबरको कृषि सामग्री एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको थियो ।
कृषि समूहका अध्यक्ष शिव बहादुर गिरीको अध्यक्षता, प्रदेश नं. १ का निवर्तमान कृषिमन्त्री झलकसिंह दर्लामीको प्रमुख आतिथ्यता त्यस्तै बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाई, बुद्धशान्ति १ का वडाध्यक्ष अनिल वाग्ले, स्थानीय समाजसेवी खड्ग तिम्सिना, रोसन तिम्सिना, दधिराम रिमाल, सरोज घिमिरे लगायतको आतिथ्यतामा भएको कार्यक्रमको संचालन संस्थाका सचिव केशव पुरीले गरेका थिए ।
यस भन्दा अघि पनि निवर्तमान कृषिमन्त्री झलक सिंह दर्लामीकै विशेष पहलमा बुद्धशान्तिका विभिन्न क्षेत्रहरुमा लाखौँका कृषि सामग्री हस्तान्तरण गरिएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारजागरण कृषि समूहलाई १० लाख बराबरको कृषि सामग्री अनुदान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img