झापा २९ पुस । अवैध रुपमा गिटी बालुवा उत्खनन गरेको भन्दै प्रहरीले झापा मेचीनगरबाट दुईजना चालकसहित ट्रयाक्टर नियन्त्रणमा लिएको छ । अवैध रुपमा गिटी बालुवा उत्खनन गरेको आरोपमा बाहुनडाँगी प्रहरी चौकीबाट खटिएको प्रहरीले मेचीनगर–३ का सागर तामाङ र सुजन धिमालले चलाएको ट्रयाक्टरसहित तामाङ र धिमाललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले नियन्त्रणमा लिएको तामाङ र धिमालले चलाएको प्रदेश १–०१–००१ त ८९४२ र प्रदेश १–०१–००१ त ८३१७ नम्बरका दुईवटा ट्रयाक्टर र चालक आवश्यक कारवाहीका लागि मेचीनगर नगरपालिकामा बुझाएको जनाइएको छ ।
अवैध रुपमा गिटी बालुवा उत्खनन गरेको भन्दै ट्रयाक्टर चालकसहित दुईजना पक्राउ

































































































