HomeFeatured 2प्रदेश–१ का मुख्य मन्त्री कार्कीले लिए विश्वासको मत

प्रदेश–१ का मुख्य मन्त्री कार्कीले लिए विश्वासको मत

विराटनगर । शुक्रबार विश्वासको मत लिएका प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले ५९ मत प्राप्त गरेका छन् । विपक्षमा ३२ मत खसेको छ । ६० मत लिएर मुख्यमन्त्रीमा दावी पेश गरेका एमाले संसदीय दलका नेता कार्कीलाई विश्वासको मत दिनु अगावै सत्ता गठबन्धनबाट माओवादीका बाबुराम गौतम सभामुख निर्वाचित भएपछि कार्कीले ५९ मत प्राप्त गरेका हुन् ।
विपक्षी गठबन्धनमा काँग्रेस र एकीकृत समाजवादीका ३३ सांसद रहे पनि काँग्रेसका १ सांसद अनुपस्थित रहे । नेकपा (एमाले) प्रदेश १ संसदीय दलका नेता कार्की पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
उनी नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । कार्कीलाई एमालेसहित सत्ता साझेदार दलहरू माओवादी, राप्रपा र जसपाका सांसदहरूले कार्कीलाई समर्थन गरेका छन् । एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ सांसद सत्ता गठबन्धनमा छन् भने विपक्षी गठबन्धनमा काँग्रेसका २९ र नेकपा एकीकृत समाजवादीका ४ सांसद रहेका छन् ।
विश्वासको मत लिएपछि सरकारले गति लिने र मन्त्रीपरिषदले पनि चाडै पुर्णता पाउने मुख्यमन्त्री कार्कीले बताए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2प्रदेश–१ का मुख्य मन्त्री कार्कीले लिए विश्वासको मत
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img