बुधबारे १७ पुस । झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित बुधबारे बजारबाट प्रहरीले ३ जना बेवारिसे बालकको उद्दार गरेको छ ।
बुधवारे बजारमा ३ जना बालकहरु बेवारीसे अवस्थामा रहेको भन्ने बिशेष सूचनाका आधारमा आज दिउँसो त्यहाँ पुुगेको ईलाका प्रहरी कार्यालय बुधबारे खटिएको प्रहरी टोलीले १३ बर्षीय एन्जल लिम्बु, ११ बर्षीय सुशील लिम्बु र १० बर्षीय होमन्च मगरलाई उद्दार गरेको हो । उद्दार गरिएका बालकलाई उद्दार गरिएका जनप्रतिनिधी र स्थानीय पत्रकारहरुको सहयोगमा ईटहरी स्थित रहेको अस्थायी संरक्षण केन्द्र (VOC) मा पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बुधबारेबाट तीन बेवारिसे बालकको प्रहरीद्वारा उद्दार

































































































