Homeसमाचारकार्यकर्तालाई निराश नहुन शर्माको आग्रह

कार्यकर्तालाई निराश नहुन शर्माको आग्रह

भद्रपुर १६ पुस । कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं १ बाट निर्वाचित सासंद बिश्वप्रकाश शर्माले सत्ता समिकरणमा भएको अकल्पनिय घट्नाप्रति पार्टी कार्यकर्तालाई नआतिन र निराश नहुन आग्रह गरेका छन् ।
बी. पी. प्रतिष्ठान भद्रपुर–१० को बार्षिक साधारणसभालाई वी.पी. चोकमा आज सम्बोधन गर्दै महामन्त्री शर्माले पार्टी सभापतिका कारण ठूलो पार्टी भएपनि कांगे्रसको नेतृत्वमा सरकार बन्न नसकेर गठबन्धन टुटेको उल्लेख गर्दै उत्पन्न परिस्थितिबाट निराश नहुन कार्यकर्तालाई सुझाएका हुन् । अबका दिनमा थप उर्जा र विश्वासका साथ पार्टी अघि बढ्ने भन्दै नेता तथा कार्यकर्तालाई जनतामाझ गएर जनमुखि काम गर्न आग्रह गरे । पार्टी सभापतिलाई गठबन्धनमा प्रधानमन्त्री पदका बिषयमा प्रचण्डलाई दिने भनेर आफु र गगन थापाले पटक पटक भन्दा पनि सभापतिले नसुन्दा अहिलेको स्थिति आएको स्पष्ट पारे ।
आगामी दिनमा कमी कमजोरीलाई केलाएर जनतामाझ जाने र पाटीृलाई पुनः जागरणको माध्यामबाट अघि बढाउनु पर्नेमा जोड दिंदै उनले भने–‘ कांग्रेसले निराश भएर जानुपर्ने स्थिति छैन ।’
शर्मांले यही पुस २२ गते बस्ने पार्टी केन्द्रीय समितिको बैठकले महत्वपूर्ण निणर्यहरु गर्दै पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्ने बताए । जसरी बर्तमान् परिस्थितिमा कम्युनिष्टहरुको सरकार बन्यो त्यसरी नै छिट्टै कांगे्रको नेतृत्वमा सरकार बन्ने दावी समेत गरे ।
शर्माले कांग्रेसकै नेतृत्वमा बनेको सरकारले विगतमा ठुलाठुला परिबर्तनहरु गर्न सफल भएको बताउदै मुलुकबाट नेपाली कांगे्रस झन बलियो भएर जाने समेत स्पष्ट पारे ।
वीपीको मेलमिलापको निति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउदै महामन्त्री शर्माले अबका दिनमा पार्टी फुटेर हैन जुटेर नयां ढंगले अघि बढनुपर्ने धराण समेत राखे ।
मोहनसिंह कार्र्कीको अध्यक्षतामा सम्पन्न सभामा अग्रज नेता डिल्ली सिटौला, नेपाली कांग्रेस केन्द्रिय सदस्यहरु गोमा भट्टराइ ,शुशिला ढकाल, नेपाली कांग्रेस झापा सभापति देउकुमार थेवे, पूर्व उपसभापति राम कट्टेल, वर्तमान् उप सभापति केशवराज पाण्डे , क्षेत्रीय सभापतिहरु गणेश पोखरे, इृन्द्र बुढोथोकी , नेपाली कांग्रेस भद्रपुर नगर सभापति राम कंडेल, माओवादीकेन्द्रका दिनानाथ उप्रेती लगाएतले बोल्दै विपीको मेलमिलापको निति अहिले पनि सान्दर्भिक भएको बताउदै नेतृत्वकै कारण बर्तमान् सत्ता समिकरणबाट कांग्रेस चुकेको औल्याए ।
देवेन्द्र गौतमले सञ्चालन गररेको कार्यक्रमको स्वागत मन्तव्य भुमादेवी घिमिरेले गर्नु भएको थियो । आजै प्रतिष्ठानले गोविन्द लम्सालको नेतृत्वमा नयां कार्य समति समेत गठन गरेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकार्यकर्तालाई निराश नहुन शर्माको आग्रह
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img