Homeसमाचारसहासी मृत्यु रोजेका निराकारको भाबुक भिडियोेले देशै रुवायो

सहासी मृत्यु रोजेका निराकारको भाबुक भिडियोेले देशै रुवायो

झापा । शुक्रबार एउटा भिडियो एकाएक भाइरल भयो । जुन भिडियोमा अभिव्यक्त शब्द सुनेर अधिकांसलाई भाबुक बनाएको छ । बिपत्तीमा परेको एउटा व्यक्तिले बाध्यताबस मृत्यु रोज्नुअघि आफ्नो नौ बर्षिय छोराप्रति दर्शाएको माया र छोरालाई सम्झाएका शब्दले भाबुक बनाएको हो । कम्बोडियाको एक होटलमा भएको आगलागीमा परेका बिर्तामोडका निराकार पाण्डेले आफ्नो सानो छोरालाई सम्झाएका भाबुक अभिव्यक्ति ।
कम्वोडियाको पोइपेतस्थित ग्राण्ड डायमन्ड सिटी क्यासिनो एण्ड होटलमा आगलागीमा परेका पाण्डेले आफ्नो छोराप्रतिको माया अभिव्यक्त गर्दै सम्झाएको भिडियोले आम नेपालीको मन छोयो । निराकारले भिडियोमा भनेका छन्–‘सानु, सानी, मेरा आँखाको नानी तिमीलाई धेरै माया गर्छु है । अलवेज लभ यू है । जहाँ भएपनि जसरी बसे पनि बाबाले तिमीलाई सँधै सम्झिरहन्छ है ।’
उनी यतिमा मात्र रोकिएका छैनन् । आगलागी भएको होटलको १२ औं तलाको झ्यालमा बसेर छोरालाई सम्झाउँदै भनेका छन् – ‘छोरा सधै राम्रो मान्छे बन्नू, कसैलाई चिट ँनगर्नू है । कसैलाई फ्रड गर्नु हुँदैन है ।’ होटलबाट हाम फाल्नुअघि नौ वर्षीय छोरालाई ‘मामुलाई माया गर्नु, सबैभन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ भन्दै धेरै सम्झाएका छन् । ‘तिमीसँग बिताएका पलहरु सँधै यादगार रहनेछन्– छोरालाई उनले भनेका छन् ।
भनी सम्झाएको समयमा धुँवाले घरी–घरी उनको अनुहार नै नदेखिने गरी घेरिन्छ । तर, उनले उच्च मनोबलका साथ छोरा र घर परिवारलाई सम्झाइरहेका हुन्छन् । सो समयमा पृष्ठभूमिमा दमकलको साइरनको आवाज सुनिन्छ ।
निराकारले छोरालाई सम्झउनुका साथै परिवारका अन्य सदस्यसँग चार घण्टासम्म निरन्तर कुरा गरिरहे । आगलागी भएर होटलमा थुनिएका बेला निराकारसँग उनका दाजु निरज पाण्डे र परिवारका सदस्यहरूले ४ घन्टा भिडियो कलमा कुराकानी गरेका थिए । होटलबाट पाण्डेले बुवा, आमा, श्रीमती, बुहारी र छोरासँग कुराकानी गरेका थिए । पाण्डेले आफ्ना छोरासँग कुराकानी गरेको अन्तिम समयको भावुक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
आगलागी भइरहेको होटलको १२ औं तलाको झ्यालमा बसेका निराकारले छोरालाई लमजुङ आमा–बुबा, मामा, माइजुहरु कसैको पनि चित्त नदुुखाउन र मामु (शशी) लाई माया गर्न सम्झाएका छन् ।
सामान्यतया मानिस आत्तिएका समय होस् गुमाउँछ । तर, निराकारले आफू बसेको होटल जलिरहँदा साहसपूर्वक परिवारसँग कुराकानी गर्दै उनले छोरालाई सम्झाएको भिडियो हेरेपछि धेरैका आँखा रसाएका छन् ।
उनले दिनेशलाई दाइ सम्बोधन गरेका छन् । सम्वोधनका क्रममा उनले अब आफू नरहने भन्दै ९ वर्षीय छोरा र परिवारको हेरचाह गरिदिन आग्रह गरेका हुन् । पाण्डेका सहपाठी हुन्– दिनेश सिलवाल । पाण्डे १८ तले होटलको १२ औं तलामा बसेका थिए ।
होटलमा आगलागी भएपछि लामो समय परिवारसँग कुराकानी गर्दै बाँच्नका लागि १२ तलाबाट हाम फाल्नुको बिकल्प नरहेको बताएका छन् । होटलबाट हाम फाल्नु अघि उनले सो होटलको झ्यालमा बसेर पारिवारसंग भिडियो कलमा कुराकानी गरेको उनका भाइ निश्चल पाण्डेले बताए ।
होटलमा बिहीबारराति साढे ११ बजेपछि आगलागी शुरु भएको थियो । होटलमा आगो लागेको थाहा पाएपछि दाइ निस्किन खोज्नुभएछ तर, ढोका नखुलेपछि झ्यालबाट हाम फाल्नु भएको हो– निश्चलले भने । निराकार बिर्तामोड नगरपालिका–१ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेका ४ छोरा मध्ये निराकार माइँला छोरा हुन् ।
उनी काठमाडौं बस्दै आएका थिए । उनी भ्रमणका लागि कम्बोडिया पुगेका थिए । भिजिट भिसामा कम्बोडिया गएका उनी अंग्रेजी नयाँ वर्षमा घर फर्किने तयारीमा रहेको निश्चलले जानकारी दिए ।
होटलमा भएको आगलागीको वास्तविक कारण पत्ता लागिसकेको नभएपनि विद्युत् सर्ट भई आगो लागेको हुनसक्ने एजेन्सीहरुले जनाएका छन् । सो आगलागीमा परी पाण्डेसहित कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ७० जनाभन्दा बढीको अस्पतालमा उपचार भइरहेको छ । हालसम्म ८ जनाको शव उद्धारकर्ताहरुले निकाले पनि अझै धेरै जना हराइरहेका छन् । आगलागी बढेपछि धेरै मानिसहरुले होटलबाट हाम फालेको दृष्य सार्वजनिक भएको भिडियोमा देख्न सकिन्छ ।
निराकारको शब नेपाल ल्याउने प्रक्रिया औपचारिक रुपमा सोमबारदेखि शुरु हुने बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसहासी मृत्यु रोजेका निराकारको भाबुक भिडियोेले देशै रुवायो
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img