Homeसमाचारतमु ल्होसारमा ज्येष्ठ नागरिक सम्मानित

तमु ल्होसारमा ज्येष्ठ नागरिक सम्मानित

काँकभिट्टा पुस । मेचीनगरका गुरुङ समुदायले शुक्रबार २६०७ औँ तमु ल्होसार पर्व विविध कार्यक्रम गरी मनाएका छन् ।
तमु ह्युल छोज धिँ गुरुङ राष्ट्रिय परिषद मेचीनगरले ङाग्युर देछ्छेन छोलिङ गुम्बा मेचीनगर–७ मा आयोजना गरेको कार्यक्रमको उद्घाटन मेचीनगर नगर उपप्रमुख मीना पोखरेल उप्रेती र संविधान सभा सदस्य उषा गुरुङले संयुक्त गरेका थिए ।
आयोजक परिषद्का अध्यक्ष सुभास गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी, संविधानसभा सदस्य उषा गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ मेचीनगर समन्वय परिषदका अध्यक्ष ओमप्रकाश खापुङ, मेचीनगर वडा नम्बर–७ का वडाध्यक्ष प्रल्हादमणि ओलीलगायतले शुभकामना मन्तव्य राखेका थिए । सचिव होमराज गुरुङले सञ्चालन तथा परिषदका उपाध्यक्ष प्रकाश गुरुङले स्वागतसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।
कार्यक्रममा तमु कलाकारले आफ्नो पहिचान र कला झल्किने भेषभूषामा साँस्कृतिक कार्यक्रम गरेका थिए भने तमु समुदायका ज्येष्ठ सदस्य ८० वर्षीय केशरबहादुर गुरुङ र ८९ वर्षीया चन्द्रमाया गुरुङलाई सम्मान गरिएको थियोे ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारतमु ल्होसारमा ज्येष्ठ नागरिक सम्मानित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img