Homeबिबिधहाम्रो भान्सा: विपन्नको खाना शहरका भान्सामा

हाम्रो भान्सा: विपन्नको खाना शहरका भान्सामा

परम्परामा ढिडो र गुन्द्रुक दुवै हेलाँ गरिएका खानाभित्र पर्थे । गुन्द्रुक र ढिंडो विपन्न गरिबले खाने खानाको रुपमा मानिन्थ्यो । तर, समय परिवर्तन, ढिडो र गुन्द्रुकमाथिको अध्ययन र त्यसमा पाइने पौष्टिक तत्वका कारण ढिडो समृद्ध परिवारको खाना बन्दै गएको छ । ढिडो र गुन्द्रुक शहरमा छुटै आकर्षण बढेको छ । देशका शहरी क्षेत्रमा मात्र होइन विश्वमा नेपालीहरु जाने र व्यवसाय गर्ने क्रम बढेसंगै यो परिकारको फैलावट फराकिलो बनेको छ । विदेशका नेपाली रेष्टुरेन्टहरुले समेत सगर्व ढिडो र गुन्द्रुक पस्किरहेका छन् । जहाँ–जहाँ नेपाली छन्, त्यहाँको चुल्होमा ढिडो र गुन्द्रुक त पाकेकै छ । अझ भनौं, ढिलो र गुन्द्रुकमा नेपालीले आफ्नोपनको स्वाद पाउँछन् । आफ्नो माटोको मिठास पाउँछन् । लेकाली भेगमा फापर, कोदो, मकै उत्पादन हुन्छन् । त्यस भेगका यि रैथाने उत्पदनबाट ढिडो बन्छ । जैविक खाना यसै स्वादिलो र स्वस्थ्यकर हुने भयो । त्यसमाथि पोषिलो त छँदैछ ।
पहिले पहिले गाउँघरमा मात्र खाइने कोदोको रोटी र ढिँडो अहिले उच्च घराना र चर्चित होटल रेष्टुराहरुको आकर्षक नेपाली खानाको रुपमा स्थापित भएको छ । ढिडो अहिले शौखको खानाको रुपमा ब्राण्ड बनेको छ । यद्यपी, गाउँघरमा अरु अनाजको अभावमा धेरै हद सम्म बाध्यताको परिकारको रुपमा प्रयोग गरिदै आइएको छ । चिसो मौसममा तातो र मिठो परिकार खाने चलन धेरैको हुन्छ । तातो र मिठो खानामाको विषयमा चर्चा हुँदा जाडोयाममा कोदोको ढिँडो पहिलो रोजाइ हुन थालेको छ । पहिला पहिला–गाउँघरमा चामल उत्पादन कम हुने भएकाले कोदोको ढिँडो बढी खाने गरिन्थ्यो । त्यसैले पनि चामलको भातलाई कुनै विशेष चाडपर्वमा खानुपर्छ भन्ने मान्यता पनि रहेको थियो ।
तर, अहिले समय निकै परिवर्तन भएको छ । गाउ शहरमा चामल भन्दा ढिँडो लोकप्रिय बन्न थालेको छ । परिवारका सबै सदस्य भेट हुँदा घरमा मिठो परिकार बनाउने भनेर चिसोमा ढिडो खाने चलन समेत आएको छ । शहरी क्षेत्रका ठूला ठूला होटलमा विशेष परिकारको रुपमा ढिडो पाक्न थालेको छ । चिसो मौसम शुरु भएसँगै मानिसहरु कोदोको ढिडोतर्फ लोभिने गरेका छन् । चिसो मौसममा रमाइलो मान्दै ढिडो खादा पारिवारिक खुसी मात्र होइन, स्वास्थ्यका लागि पनि निकै लाभदायीक मानिन्छ । कोदोको ढिडो मात्र होइन रोटी र अन्य विभिन्न परिकार समेत बनाएर खाइन्छ ।
यसैगरी गुन्द्रुकमा ४८ प्रतिशत कार्बोहाइड्रेट, ४९ प्रतिशत प्रोटिन र ३ प्रतिशत चिल्लो पदार्थ हुने बताइन्छ । तिख्खर स्वादको गुन्द्रुक, नरम ढिडो र टिमुर–गोलभेडाको अचार । अथवा तपाईं यसमा लोकल कुकुराको झोल पनि समावेश गर्न सक्नुहुन्छ । थोरै साग । त्यसमाथि दही भए त गजब !
ढिडो र गुन्द्रुकलाई नेपालको लेकाली भेगको रैथाने परिकार हो । साथै लेकाली भेगको मुख्य खाना पनि हो । त्यही खाना, शहरका सौखका । नेपालका कतिपय लेकाली भेगमा अझैपनि ढिडो र गुन्द्रुक छाक टार्ने खानाकै रुपमा प्रयोग गरिन्छ । ‘अडिलो खाना’ का रुपमा लिइने गुन्द्रक र ढिडो दिनमा एकछाक भरपेट खाएपछि दिनभरलाई पुग्ने ।
दुर्गम, गरिव, विपन्न समुदायमा छाक पेट भर्ने र भोक मेटाउने खानाका रुपमा रहेको गुन्द्रुक र ढिडो शहरमा भने मुख पर्ने र स्वाद लिने बहानामा खाइन्छ । ढिडोको लागि कोदोको पिठो भए हुन्छ, मकैको पिठो भए हुन्छ, फापरको पिठो भए हुन्छ ।
प्रत्येक १०० ग्राम कोदोमा पाइने पौष्टिक तत्व ।
प्रोटिनः ७.६ ग्राम, फ्याट : १.५ ग्राम, कार्बोहाइड्रेटः ८८ ग्राम, क्यालसिएमः ३ सय ७० ग्राम, भिटामिनः ०.४८ मिलिग्राम, थाइमिन बि १ः०.३३ मिलिग्राम, राइबोफ्ल्याबिन बि २ः ०.११ मिलिग्राम, नाइसिन बि ३ः १.२ मिलिग्राम, फाइबर : ३ ग्राम जस्ता तत्व पाइन्छ ।

कोदो स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक हुन्छ । कोदोका परिकार पचाउन सहज हुन्छ । कोटोमा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायतका पोषकतत्व पाइन्छ । कोदोका परिकार शक्ति र ऊर्जाका लागि राम्रो श्रोत हो । तौल घटाउन कोदो खानु राम्रो मानिन्छ । कोदो खाएको धेरै समयसम्म भोक लाग्दैन । जसले गर्दा तौल नियन्त्रणमा सघाउ पुग्छ ।
मुटुका रोगीहरूका लागि कोदोको रोटी खानु धेरै लाभदायक हुन्छ। यसमा प्रशस्त मात्रामा नियासिन हुन्छ, जसले शरीरमा कोलेस्ट्रोलको स्तर घटाएर मुटु रोगको जोखिम पनि कम गर्छ ।
यसबाहेक यसमा भएको पोटेसियम र म्याग्नेसियमले रक्तचाप नियन्त्रण राख्न सघाउँछ । कोदामा प्रशस्त मात्रामा भएको क्याल्सियमले हाड बलियो बनाउन सहयोग पु¥याउँछ । कोदोमा हुने आइरनले रक्त अल्पता हुन दिदैन । यस्तै कब्जियत र ग्यासको समस्या भएकाहरूले नियमित रुपमा कोदोको रोटी वा ढिडो खाने गरे आराम पाइन्छ। मधुमेहको खतराबाट बच्न कोदोको परिकार लाभदायक छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
बिबिधहाम्रो भान्सा: विपन्नको खाना शहरका भान्सामा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img