Homeसमाचारहल्दिबारीमा जंगली हात्ती खेद्ने क्रममा चारजना घाईते

हल्दिबारीमा जंगली हात्ती खेद्ने क्रममा चारजना घाईते

हल्दिवारी २५ मंसीर । हल्दिबारी गाउँपालिका वडा नं ४ को कालीमन्दिर टोलमा शनिबार राती करिब २:१५ बजे आएको जङ्गली हात्तीको आक्रमणमा परि ४ जना घाइते भएका छन् , घाइतेहरुको मेची प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। घाइते हुनेमा हल्दिबारी-४ का गौरादेवी पौडेल , नगेन्द्र पौडेल ,पार्वता देवी पौडेल र चेतन पौडेल घाइते भएका जलथल प्रहरी चौकीले जनाएको छ।
स्थानीय जय प्रकाश दाहालको खमारमा कुन्यु लगाएर राखेकाे अन्दाजी १ बिगाहाको धान पुर्ण रूपमा क्षति हुनुका साथै विजय लावतीको थ्रेसर लगाएको धान लगभग ६ मन जति खाएर छरछार गरेको स्थानीय प्रलाद सिलवालले जानकारी दिए । त्यसैगरी हात्तीले धनबहादुर गहतराजको अटोमा समेत हात्तीले क्षति पुर्याएको छ ।
दाहाल, लावती र गहतराजकाे धान तथा अटाेमा क्षति पुर्याएपछि हात्ती गाउँमा पस्न लागेपछि गाउँलेले प्रहरीको सहायतामा हात्ती नियन्त्रण गर्ने र बस्तीको संरक्षण गर्ने क्रममा हात्तीले लखेटेर भागदौड हुँदा दिनहुँ आउने हात्तीको कारण यो क्षेत्र का जनता समस्यामा परेका छन्।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारहल्दिबारीमा जंगली हात्ती खेद्ने क्रममा चारजना घाईते
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img