बिर्तामोड २४ मंसीर । लैङ्गिक हिंसा बिरूद्व १६ दिने अभियानको सन्दर्भ पारेर प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल उद्यमशिल महिला संघको आयोजनामा संस्थाकी अध्यक्ष पार्वता खरेल विमलीको अध्यक्षता र जिल्ला समन्वय समिति झापाका उपसंयोजक शान्ता रोक्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि रोक्काले महिला कमजोर नभइ इच्छाशक्ति कम भएरमात्र कमजोर जस्तो देखिएको बताइन । हिंसामुक्त समाज निर्माण सबैको दायित्व रहेको बताउँदै उपसंयोजक रोक्काले कर्तब्य, जिम्मेवारीका साथै सोच पनि सकारात्मक हुनुपर्नेमा जोड दिइन् । ईलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख रूगमबहादुर कुँवर, चेम्बर अफ कमर्स झापाका अध्यक्ष ओमकृष्ण विमली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
महिला उद्यमीलाई लक्षित गरी आयोजित तालिममा सहजकर्ता कविता शर्माले लैंङ्गिक हिंसाका बारेमा जानकारी दिनुका साथै त्यस सम्बन्धमा भएका कानूनी व्यवस्था लगायतका विषयमा प्रशिक्षण दिएकी थिइन् ।
संस्थाकी उपाध्यक्ष एेश्वर्या पाण्डेले स्वागत गरेको कार्यक्रममा ओैचित्यमाथि नारी सञ्चार गृह झापाकी अध्यक्ष भीमा शिवाकोटीले प्रकाश पारेको कार्यक्रमको सञ्चालन महासचिव यशोदा प्रसाईं भट्टराईले गरेकी थिईन ।

































































































