भद्रपुर २४ मंसिर । नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन इकाई समिति झापाको १० औं अधिवेशन तथा १६ औं बार्षिक साधारणसभा चन्द्रगढीमा सम्पन्न भएको छ ।
प्रदेश नं एक गरिवीनिवारण तथा भूमी व्यवस्था मन्त्री ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा शुक्रबार सम्पन्नसभामा बोल्दै एशोसियसनका केन्द्रिय अध्यक्ष सिताराम दाहालले जमिनको कित्ताकाटको कारोवारलाई रोकेर सरकार तथा राजनितिक दलहरुले जनतालाइृ दुख दिने काम गरेको बताए ।
उहाँले जग्गा जमिनको किनबेचमा कित्ता काट बन्द गरेर मुलुकलाइृ गरिबीतिर धकेल्न खोजेको बताउँदै तत्काल स्थानीय सरकारले समस्याको समाधान खोजेर कित्ताकाट गर्न मानिसको सम्पति सम्बन्धि मौलिक अधिकारलाई शुनिश्चित गर्नुपर्ने बताए ।
कार्यक्रममा मालपोत कार्यालय भद्रपुरका प्रमुख योगेन्द्रप्रसाद दुलालले व्यवसायीहरु प्रविधि मैत्री हुनुपर्नेमा जोड दिदै सेवाग्राहीबाट कानुनी क्षेत्र भन्दा बाहिर गएर सेवा शुल्क लिन नहनेमा जोड दिए ।
इकाइृ समिति अध्यक्ष लोकनाथ भट्टराइृले संस्थाको सांगाठानीक प्रतिवेद प्रस्तुतु गदैृ संस्थाका गतिविधिका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा एशोसिएसन केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष गोविन्द पोखरेल, १ नं प्रदेश प्रमुख युवराज कार्की, समितिका पूर्व प्रदेश प्रमुख पुरुषोत्तम अधिकारी, पूर्व केन्द्रीय सदस्य रमेश पोखरले, शुशिल निरौला लगायतले आफ्ना धारणा राख्दै राज्यले व्यवसायीहरुका हक अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
भट्राईको अध्यक्षता तथा समिति सचिव लवकुमार पोखरेलको सञ्चालनमा सम्पन्न कार्यक्रमा स्वागत मन्तव्य उपाध्यक्ष निरोज पोखरेलले गरेका थिए । समितिले यहि आईतबार नयाँ कार्य समिति समेत चयन गर्ने सचिव पोखरेलले जानकारी दिए ।
लेखापढी कानुन व्यवसायी एशोसिएसन १६ औं बार्षिक साधारणसभा सम्पन्न

































































































