कालीस्थान २३ मंसिर । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जनअपेक्षा बिपरित सबिधानसभाले देशलाइ धर्म निरपेक्ष घोषणा गरेको बताए। कालिकापीठ कालीस्थानको १८ औ बार्षिक अनुष्ठानका अवसरमा आयोजित कार्यक्रममा बोल्दै झापा क्षेत्र नम्बर-३ बाट प्रतिनिधि सभा सांसद समेत रहेका लिङ्देनले यस्तो धारणा राखेका हुन। देशी- बिदेशी शक्तिहरूबाट धार्मिक आक्रमण बडेको बताउदै नेता लिङ्देनले धार्मिक सास्कृतिक आक्रमण गर्न सकेमात्र नेपालीलाई खण्डित गर्न सकिन्छ भन्ने मानसिकताले काम गरेको र यसमा बिदेशी शक्तिको हात रहेको बताए ।
नेपालमा जति धार्मिक बिबिधता अन्यत्र नभएको र यसलाइ खण्डित गर्न, धार्मिक द्वन्द्व, जातीय द्वन्द्व र सास्कृतिक बिखण्डन ल्याउन देशी- बिदेशी शक्ति सक्रिय रहेको धारणा राख्नुभएको हो । यसबाट सचेत रहन आवश्यक रहेको भनाइ राखे ।
नाम फरक भएपनि सुम्निमा- पारुहाङ, शिव-पार्बती जस्ता नाम फरक भएपनी सबै जातजातिले पुजा गर्ने देवता र भावना एकै रहेको बताए ।
धर्म र सस्कृतिका नाममा बिखण्डन ल्याएर धार्मिक आक्रमणको प्रयासप्रती सचेत रहदै एकता र सद्भाव तोड्ननहुने उनको भनाइ थियोे ।
रातो टीका लगाएर दशै मनाउने चलन नेपालमा मात्रै रहेको र यो सबैको साझा चाड रहेको बताउदै देशी-बिदेशी शक्तिबाट पहिला दशैमाथी नै आक्रमण भएको भनाइ उनकाे भनाइ थियाे ।
यसअघि झापा क्षेत्र नम्बर-२, गठबन्धन दलका तर्फबाट उम्मेदवार हरिकुमार राना, नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर -२ का सभापति एवं प्रदेशसभा-२ का उम्मेदवार खगेन्द्र मैनाली लगायतले पीठको बार्षिक उत्सबमा सहभागिता जनाए ।
धर्म निरपेक्षता जनअपेक्षा विपरित: लिङ्देन

































































































