मेचीनगर २२ मंसीर । किराँतेश्वर माङहिम मेचीनगरमा उधौली पर्व चासोक तङनाम भव्यताका साथ मनाइएको छ । मंसीर महिनाको धान्ने पूर्णिमाका दिन किराँत समुदायले मनाउँदै आएको चासोक तङनाम भब्यताका साथ मनाइएको हो ।
कविन्द्र विक्रम नेम्वाङको अध्यक्षता तथा मेचीनगर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष कन्चन तामाङको प्रमुख आतिथ्य रहेको कार्यक्रममा गत मंसीर ४ को निर्वाचनमा प्रदेशसभा सदस्यका उम्मेद्वार श्यामबीर लिम्बू, नेपाली कांग्रेसका प्रेम सम्बाहाम्फे, आदिवासी जनजाति महासंघ जिल्ला बरिस्ठ उपाध्यक्ष केवलराम राई, किराँत याक्थुम चुम्लुङ मेचीनगर अध्यक्ष धनप्रसाद केरूङ, किराँत राई यायोख्या मेचीनगर अध्यक्ष बालजित राई लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा अतिथिहरु सबैले शुभकामना मन्तव्य राखेका थिए ।
किराँतेश्वर माङहिमका सल्लाहकार संयोजक प्रेम सम्बाहाम्फेले स्वागत गरेको कार्यक्रमको सञ्चालन ज्ञानु सम्बाहाम्फेले गरेका थिए । सो अवसरमा विभिन्न मौलिक संस्कृति कार्यक्रम प्रस्तुत गरिएको थियो ।
किराँतेश्वर माङहिम मेचीनगरमा उधौली पर्व चासोक तङनाम

































































































