HomeFeatured 2वैदिक साकोसको अध्यक्षमा निरौला सर्वसम्मत

वैदिक साकोसको अध्यक्षमा निरौला सर्वसम्मत

भद्रपुर २२ मंसीर । भद्रपुर १० स्थित वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक सभाले प्रकाश निरौलाकोे अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ ।
चौथो अधिवेशनका रूपमा सम्पन्न सभाले ४ वर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्षमा डिल्लीराम अधिकारी, सचिव सोमप्रसाद ढुंगेल, सहसचिव तारा अधिकारी खनाल र कोषाध्यक्षमा मञ्जु खतिवडा अधिकारीलाई सर्वसम्मत चयन गरेको हो । त्यस्तै सदस्यहरूमा तारा दाहाल, संगीता खतिवडा चौलागाई, धना बराल, सुरेन्द्र न्यौपाने, रूद्र न्यौपाने र केदारप्रसाद कोइराला चयन भएका छन् ।
त्यस्तै लेखा समितिको संयोजकमा मुरारी न्यौपाने चयन भएका छन् भने सदस्यहरूमा अनिता खतिवडा खनाल र दुर्गाप्रसाद नेपाल चयन भएका छन् ।
निर्वतमान अध्यक्ष अरूण बस्नेतको अध्यक्षता तथा भद्रपुर नगर उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न सभामा उत्कृष्ट ऋण कारोवार सम्मानबाट फडिन्द्रबहादुर कार्की र उत्कृष्ट बचतकर्ता सम्मानबाट अस्गरी शेखलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी, भद्रपुर सहकारी शाखा प्रमुख नेत्र पोखरेल, त्रिवेणी टोल विकास संस्था भद्रपुर १० का अध्यक्ष काशिनाथ घिमिरे, हनुमान टोल विकास संस्थाका अध्यक्ष खड्गबहादुर खड्का, ज्ञानोदय शिक्षक बचत तथा ऋण सहकारीका अध्यक्ष गोपीकृष्ण न्यौपाने, प्रकाश एकता कृषि सहकारीका अध्यक्ष गोपालप्रसाद श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए भने नव निर्वाचित अध्यक्ष प्रकाश निरौलाले प्रतिबद्धता मन्तव्य राख्दै सहकारीको उन्नतिमा तल्लीन रहने प्रतिवद्धता जनाए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2वैदिक साकोसको अध्यक्षमा निरौला सर्वसम्मत
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img