Homeसमाचारहिंसा विरुद्धकी सामाजिक अभियान्ता घिमिरेलाई सम्मान, गरिबी नहटेसम्म हिंसा अन्त्य नहुने

हिंसा विरुद्धकी सामाजिक अभियान्ता घिमिरेलाई सम्मान, गरिबी नहटेसम्म हिंसा अन्त्य नहुने

बिर्तामोड २२ मंसीर । बिर्तामोडमा आयोजित कार्यक्रमबीच लैङ्गिक हिंसा विरूद्वको १६ दिने अभियान अन्तरगत अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
एबिसी नेपाल झापा, नारी सञ्चार गृह झापासिहत महिलाले नेतृत्व गरेका विभिन्न ३२ बढी संस्थाहरूले हिंसा, बेचबिखन तथा मानव ओसारपसार बिरूद्व चारदशकदेखि आवाज उठाउदै आउनु भएकी सामाजिक अभियान्ता दुर्गा घिमिरेलाई सम्मान गरिएको हो ।
एबिसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौलाको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्य, झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख रूगमबहादुर कुँवरको बिशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको होे ।
कार्यक्रममा सम्मानित ब्यक्तित्व घिमिरेलाई सम्मान पत्र खादा र दोषल्लाद्वारा प्रमुख अतिथिसहित अतिथि र संघसंस्थाहरूले सम्मान गरेमा थिए । सम्मानित व्यक्तिको व्यक्तित्वबारे नेपाल प्रेस युनियनकी केन्द्रीय सचिव रेजिना गौतमले प्रकाश पारेको कार्यक्रममा आयोजक संस्था नारी सञ्चार गृहकी सदस्य स्वस्तिका आचार्यले सम्मान पत्र वाचन गरेकी थिइन् ।


कार्यक्रममा प्रमुख अतिथि मेयर प्रसाईले हिंसा सहेर बस्ने बानी नहटेसम्म कुनै पनि प्रकारको हिंसा अन्त्य नसकिने बताएन् । हिंसा अन्त्यका लागि घर, समाज र टोलदेखि नै जागरुक हुनुपर्नेमा उनको जोड थियो ।
त्यस्तै विशेष अतिथि झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले हिंसा बढ्नुको प्रमुख कारण गरिबी, चेतनाको अभाव, शासन पद्वतिमा भएका कमजोर भएका कारण हिंसामा घटना बढ्ने गरेको पाइएको बताए । बलियाले कमजोरलाई हिंसा गर्ने गरेको बताउँदै उनले गरिबीको चपेटाबाट नागरिकको जीवनस्तर उकास्न स्थानीय सरकारले योजना अघि सार्नुपर्ने बताउँदै सामाजिक क्षेत्रमा क्रियाशिल संघसंस्थाले सचेतना जगाउने र नियमनकारी ठाउँमा बसेकाले कानून कार्यान्वयनमा इमान्दारिता देखाए हिंसा न्युनिकरण हुने धारणा राखे ।
त्यस्तै सम्मानित व्यक्तित्व घिमिरेले आर्थिक सशक्तीकरणमा बलियो नभएसम्म हिंसाको अन्त्य नहुने बताउँदै महिललाई आर्थिक रूपमा शसक्त बनाउन जरूरी रहेको बताइन् । साथै हिंसा सम्बन्धी कानूनमा भएकोे व्यवस्थामा पनि केहि परिवर्तन गर्न जरुरी रहेको उनको भनाई थियो ।
कार्यक्रममा बिर्तामोडका डिएसपी कुँवरले आफ्नो इलाका भित्रका क्षेत्रमा देखिएका लैङ्गिक हिंसाको अवस्थाबारे जानकारी दिंदै हिंसाका घटनामा भएका कानूनी व्यवस्थाबारे सहभागीलाई जानकारी दिए ।
अन्तरक्रियामा राधिका चुडाल, तुलसा खरेल, शुष्मा पौडेल, सर्मिला अधिकारी, रोजिना पाण्डे लगायतले समाजमा देखिएका हिंसाका घटना र न्युनिकरणका लागि गर्न सकिने क्रियाकलापबारे आ–आफ्नो धारणा राखेका थिए ।
मानवअधिकारकर्मी डा. रुपक खनाल, रञ्जु प्याकुरेल र स्वस्तिका आचार्यको तीन सदस्यीय समितिले अन्तरक्रियामा उठेका विषय बस्तुलाई टिपोट गरेका थिए । छलफलमा उठेका विषयबारे धारणा राख्दै मानवअधिकारकर्मी डा. खनालले पछिल्लो समय छोराहरु पनि जोखिममा पर्न थालेको बताउँदै घरेलु, सामाजिक सञ्जाल तथा अन्य विभिन्न कारणले हुने हिंसा अन्त्यका लागि सबै सचेत हुनुपर्नेमा जोड दिए ।
शारदा रिजालले स्वागत र कविता शर्माले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा स्वागत महिला सुरक्षा दबाब समूहकी अध्यक्ष शारदा ढकाल रिजाल र महिला उद्यमी संघ नेपालकी अध्यक्ष नैनकला भट्टराईले सञ्चालन गरेकी थिइन् ।


कार्यक्रममा महिला मुक्ति अभियान, नेपाल उद्यमशील महिला संघ, श्रीसत्य साई केन्द्र, लाईन्स क्लब अफ बिर्तामोड लेडी, बीरता लेडी जेसीज, मानवअधिकारका लागि महिला एकल महिला सञ्जाल, अलैंची व्यवसायी महासंघ महिला सञ्जाल, महिला मानव अधिकार रक्षक सञ्जाल, समुन्नत नेपाल, संवाद समूह महिला समूह, नेवाः मिसा दबू, नारी संकल्प, रेडियो विराट, बिर्तामोड उद्योग वाणिज्य संघ उद्यमी समूह, हाम्रो तारा महिला विकास समिति, इनरह्वील क्लब अफ बिर्तामोड मिट टाउन, सुन्दर आमा समूह, उर्जाशील रामधुनी महिला समूह, महिला आदर्श सेवा केन्द्र, छट महिला समिति, मारवाडी महिला मञ्च, नारा नमस्ते, महिला चेम्बर अफ कमर्श, लाइन्स क्लब अफ स्मार्ट लेडी, राजवंशी समाज विकास समिति, आमा मिलन समूह र सत्मिलन महिला समूह भद्रपुर लगायतका संघ संस्थाले घिमिरेलाई सामुहिक सम्मान गरेका हुन् ।


को हुन् सम्मानित घिमिरे ?
विद्यार्थी राजनीतिकै क्रममा धेरैपटक पक्राउ पर्नुभएकी घिमिरे (हाल झापामा बस्दै आएका हर्षकुमारी थपलिया, धर्मकला प्रसाई, उमा पोखरेल, सहाना प्रधान, शैलजा आचार्यसंगसंगै राजनीतिक बन्दी बन्नेमा उहाँको नाम आउँछ ।
व्यवस्था परिवर्तनका लागि आवाज उठाउँदा विद्यार्थी जीवनमै पक्राउ पर्नुभएकी उहाँ पहिलो पटक २०२६ मा पक्राउ परेकी उहाँलाई अढाई महिना जेलमा राखियो । पहिलो पटक छोरीको गिरफ्तारीको खबरले उहाँकी आमा शान्तादेवी आचार्यलाई हृदयाघात समेत भएको थियो रे । पहिलो दोस्रो हुँदै मोरङ जिल्लाको नेविसंघको अध्यक्ष रहँदा पुनः जेल पर्नुभयो । यो बेला जेलमा स्वस्थ्य र मानसिक सन्तुलन गुमाएका महिला सबैलाई एकै ठाउँ राखिन्थ्यो रे । विद्यार्थी कालमै पटक पटक प्रशासनका गिरफ्तारीमा पर्नुभएकी उहाँले पटक पटक गरी १३ महिनाको जेल जीवन बिताउनु भयो । तिनै जेल जीवनका अनुभवलाई समेटेर २०३० मा लेख्नु भएको–‘जेलको सम्झना’ नामक पुस्तकले उत्तम शान्ति पुरस्कार प्राप्त ग¥यो ।
२०२६ साल मै अर्थशास्त्रमा स्नातकोत्तर गरेपनि नेपाली कांग्रेसको पञ्चायत विरोधीे पृष्ठभूमिका कारण सरकारी जागिरबाट बञ्चित हुनुभयो । त्यसपछि कानून विषयमा त्रिविबाट बिएल गर्नुभयो ।
त्यो बेला राजनीतिमा लागेका, त्यसमा पनि जेल परेका महिलाले विवाह गर्न पाउने वा सक्ने अवस्था ज्यादै कम हुन्थ्यो रे । छोरीमाथि धर–पकड,जेल पर्न थालेसंगै बढ्दै गएपछि परिवारले राजनीति छोड्न दबाब दिएको उहाँको भनाईबाट बुझ्न सकिन्छ । छोरी जेल परे विहे नहुने कुरा भन्दा उहाँले भन्नुभएको थियो रे–‘तपाईंहरूका सात बहिनी छोरी छन् । एउटी छोरीलाई देशका लागि बलिदान गरिएछ भन्ने सोचेर चित्त बुझाउनुहोस् ।’
सुनसरीको धरानमा पिता गणेश आचार्य र माता शान्तादेवीका सात छोरी मध्ये अन्तरी छोरीका २००५ साल बैशाख ३० गते जन्मनु भएकी उहाँको काठमाडौं निवासी जगदीश घिमिरेसंग वि.सं २०३१ सालमा बिबाह भयो । २०२७ सालमा त्रिविको प्रमुख नीति अनुसन्धान–प्राज्ञ निकाय आर्थिक विकास तथा प्रशासन केन्द्र (सेडा) मा काम गर्ने अवसर पाउनु भएकी घिमिरेको त्यही काम गर्ने क्रममा साहित्यकार घिमिरेसंग प्रेमपछि उहाँहरुले बैबाहिक जीवन प्रारम्भ गर्नुभएको हो । बिबाह र लन्डनको बसाई पछि भने उहाँको यात्रा राजनीतिकबाट माडिएर सामाजिक क्षेत्रमा प्रवेश गरेको पाइन्छ ।
सन् १९८२ देखि १९८४ सम्म पति जगदिशसंगै लन्डन बस्नुभयो । त्यहाँ जगदीश, इन्टरनेसनल प्यारेन्टहुड प्रोग्राम नामक संस्थाका सहायक क्षेत्रीय निर्देशक हुनुहुन्थ्यो । लन्डन बसाईंका क्रममा दुर्गाले बिबिसी नेपाली सेवामा राजनीतिक टिप्पणीकारको रूपमा काम गर्ने अवसर समेत पाउनु भयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारहिंसा विरुद्धकी सामाजिक अभियान्ता घिमिरेलाई सम्मान, गरिबी नहटेसम्म हिंसा अन्त्य नहुने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img