बिर्तामोड २१ मंसिर । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मतदाताको विवेकले सांसद छानेकोले सांसदको विवेकले संसदीय दलको नेता छान्ने स्पष्ट पारेका छन् ।
नेपाल प्रेस युनियन झापाले बुधबार बिर्तामोडमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने,” सर्बोत्तम विधि, प्रक्रिया, पद्धति र विकल्पबाट मन्त्री छानिन्छ।” उनले आफू मन्त्री भन्ने कुरा गौण भएको बताए । ” म तत्काल मन्त्री बन्ने कुरा महत्वपूर्ण होइन तर मन्त्री नबन्ने भन्ने नै होइन” उनले भने,” एउटा सुविधा पनि विद्यमान नै छ, पार्टीको महामन्त्री भएको नाताले पनि मन्त्री बन्न सहज नै हुन्छ। https://youtube.com/watch?v=_ts2nFjpBh8&feature=share
साविकको मेचीबाट एकजना मात्रै संघीय सांसद निर्वाचित भएकाले मन्त्री बन्न आफूलाई अफ्ट्यारो नभएको उनले भनाई छ। महामन्त्री शर्माले आफू मन्त्री बन्न नहतारिएको तर संसदलाई पाँच वर्ष निरन्तरता दिने घोषणापत्रमा उल्लेख गरेकाले आफ्नो ध्यान त्यता खर्चने बताए।” म आफैँ संयोजक रहेको समितिले पार्टीको घोषणापत्र तयार गरेको हो, घोषणापत्रमा संसदले पूर्ण कार्यकाल पूरा गर्ने कुरा लेखिएको छ” उनले भने,” संसद पूरा समय टिकाउन लागि पर्छौँ, त्यस बीचमा मन्त्री बन्नु पर्यो भने पूर्ण तयारीका साथ हुने नै हो।”
उनले गगन थापालाई संसदीय दलको नेताका लागि आफू प्रस्तावक बस्ने कुराबाट पछि नहटेको दोहोर्याए । उनले शीर्ष नेता नै गगन थापालाई संसदीय दलको प्रस्तावक बसे राम्रो हुने बताए। थापालाई संसदीय दलको नेता बनाउन साझा सहमति जुटाउन पहल गर्ने स्पष्ट पारे। हार्दाखेरी नहराएको मानिस जित्दा हराउने कुरा हुनै नसक्ने बताएका शर्माले हरेक दुई / दुई महिना बितेर तीन महिना नलाग्दै निर्वाचन क्षेत्रका वडाहरुमा पुग्ने आफूहरू बीच सल्लाह भइसकेको खुलासा गरे। त्यसबेला झापा १ प्रदेश १ का सांसद गोपाल तामाङ र झापा ३ प्रदेश १ का सांसद भूमिप्रसाद राजवंशीले सहमति जनाएका थिए। कार्यक्रममा सांसदत्रयलाई दोसल्ला, खदा र अबिर पहिर्याइएको थियो।
नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु गौतम ( पुर्बेली ) को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सल्लाहकार राजेन्द्र गौतम र स्वागत सहसचिव स्वस्तिका आचार्यले गरेका थिए। कार्यक्रममा काङ्ग्रेस झापा सभापति देउकुमार थेवे, उपसभापति केशवराज पाण्डे, प्रदेश १ सदस्य रेगिना भट्टराई, महाधिवेशन प्रतिनिधि लोकराज ढकाल लगायतको उपस्थिति थियो।
संसदीय दलको नेता सांसदको विवेकले छान्छ- महामन्त्री शर्मा

































































































