Homeसमाचारसहारा साकोसको २६ औं साधारणसभा चन्द्रगढी इकाईमा सम्पन्न

सहारा साकोसको २६ औं साधारणसभा चन्द्रगढी इकाईमा सम्पन्न

भद्रपुर २१ मंसिर । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको २६ औं बार्षिक साधारणसभा इकाई कार्यालय चन्द्रगढी झापाले भब्यताका साथ सम्पन्न गरेको छ ।
भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यतामा बुधबार चन्द्रगढीस्थित केन्द्रमोडमा सम्पन्न सभामा संस्थाको बार्षिक प्रतिवेदन बरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौलाले साकोसको केन्द्रिय कार्यलयद्धारा तयार पारिएको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका गतिविधिका बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा संस्थाको नीति तथा कार्यक्रमका बारेमा छविलाल खतिवडा, लेखा समितिको प्रतिवेदन विन्जु श्रेष्ठ र लेखापरिक्षको प्रतिवेदन ऋण उप समिति संयोजक लक्ष्मीप्रसाद आचार्यले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि कार्की, कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख शालिकग्राम भट्टराई, भद्रपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष अभिषेक ढुङ्गाना लगायतले मन्तव्य राखेका थिए । चन्द्रगढी शाखाका गतिविधिका बारेमा शाखा प्रमुख सुदिप थापाले जानकारी गएको कार्यक्रममा सहभागी सदस्यहरुले प्रतिवेदनका आधारमा आ–आफना सुझाव तथा जिज्ञासाहरु राखेका थिए ।
निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य ईकाई संयोजक गोपाल गिरी र सञ्चालन टिकाराम उपे्रतीले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसहारा साकोसको २६ औं साधारणसभा चन्द्रगढी इकाईमा सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img