HomeFeatured 2कांग्रेस झापाद्वारा बिजयी उपबिजयीलाई सम्मान, मतदातालाई धन्यवाद

कांग्रेस झापाद्वारा बिजयी उपबिजयीलाई सम्मान, मतदातालाई धन्यवाद

बिर्तामोड २१ मंसिर । नेपाली कांग्रेस झापाको आयोजनामा जिल्ला पार्टी कार्यालयमा विजयी तथा उपविजयी उम्मेद्वारहरुलाई सम्मान एवं मतदातालाई धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न गरिएको छ ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न कार्यक्रममा झापा क्षेत्र नं–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विश्वप्रकाश शर्मा, झापा क्षेत्र नं–१ प्रदेशसभा १ बाट प्रदेशसभा सदस्यमा विजयी सांसद गोपाल तामाङ, झापा क्षेत्र नं–३ प्रदेश १ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भूमिराज राजवंशी एवं उपविजयी उम्मेद्वारहरुलाई खादा ओढाएर सम्मान गरिएको छ ।
नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेले स्वागत गर्नुभएको कार्यक्रममा सम्मानित तामाङ, राजवंशी र शर्मा पूर्व सांसद डिल्ली सिटौला लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
नेपाली कांग्रेस झापाका पदाधिकारी, सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापतिहरु, प्रदेश, गाउँ, नगर सभापतिहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन सहसचिव कमल भण्डारीले गर्नुभएको थियो ।
यसअघि नेपाली कांग्रेसका कार्यवाहक सभापति केशवराज पाण्डेले आभार तथा कृतज्ञता पत्रमार्फत शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउने महत्वपूर्ण भूमिका खेल्ने नेपाल सरकार, निर्वाचन आयोग, प्रहरी प्रशासन, निजामति कर्मचारी, पर्यवेक्षक, पत्रकारिता जगत, राजनीतिक दल र पार्टीका सबै तह–तप्काका नेता÷कार्यकर्ता एवं आम मतदाताहरुमा हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्नुभएको छ ।
निर्वाचन परिणामले स्पष्ट बहुमत कुनै पनि दललाई प्राप्त नभए पनि गठबन्धनको पक्षमा अधिकांशजसो प्रदेश र प्रतिनिधिसभामा सरकार गठनका लागि स्पष्ट बहुमत देखिएको पृष्ठभूमिले जनमत लोकतान्त्रिक शासन पद्धतिको संस्थागत विकास, संविधानको संरक्षण एवं देशको भौतिक विकास र जनताको समृद्धिका पक्षमा रहेको स्पष्ट सन्देश दिएको कृतज्ञता पत्रमा उल्लेख छ ।
प्रतिनिधिसभाको प्रत्यक्ष एवं समानुपातिक मत परिणाम अनुसार नेपाली कांग्रेस सबैभन्दा ठूलो दल भएको एवं ४ वटा प्रदेशमा समेत कांग्रेसको पक्षमा मतपरिणाम देखिएकोप्रति खुशी ब्यक्त गर्दै कृतज्ञता पत्रमा विजयी प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्यहरुलाई बधाइ तथा सफल कार्यकालको शुभकामनासहित जनताको मन जित्नेगरी कार्य गर्न आग्रह गरिएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2कांग्रेस झापाद्वारा बिजयी उपबिजयीलाई सम्मान, मतदातालाई धन्यवाद
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img