HomeFeatured 2लैङ्गिक हिंसा विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न

लैङ्गिक हिंसा विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न

भद्रपुर २० मंसिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत झापाको भद्रपुर १० स्थित चन्द्रगढीमा एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
चन्द्रगढी सामुदायिक प्रहरी सेवा केन्द्र, महिला निगरानी समुह, भद्रपुर नगरपालिका वडा नं–१०, चन्द्रगढी सेवा समाज लगायतका विभिन्न ५ वटा संघ–संस्थाको आयोजनामा भद्रपुर–१० स्थित छाता चोकमा मंगलबार सम्पन्न कार्यक्रमको औचित्यमाथि महिला निगरानी समुहकी अध्यक्ष रेखा अधिकारीले प्रकाश पारेकी थिइन् ।
वडाध्यक्ष टेकबहादुर खड्का काजीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एकल महिला झापाकी अध्यक्ष रेखा अधिकारी, भद्रपुर नगरकार्यपालिका सदस्य सिता गुरागाई, साना किसान सहकारी संस्था चन्द्रगढीकी अध्यक्ष देवीमाया अधिकारी, हनुमान टोल बिकास संस्थाका अध्यक्ष खड्गबहादुर बुढाथोकी, भद्रपुर नगरपालिका सामाजिक विकास शाखाकी प्रमुख जीवनकला राउत लगायतले मन्तव्य राख्दै महिला र पुरुष बीच तथा अन्य जुनसुकै प्रकारका हिंसालाइ नियन्त्रण गर्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा जिल्ला प्रहरी कार्यालय झापकी प्रहरी निरिक्षक यशोदा घलेले हिंसाका बिषयमा प्रशिक्षण समेत प्रदान गर्नु भएको थियो । महिला निगरानी समुहकी अध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य समाजसेवी ज्योती रिजाल न्यौपाने र संचालन दुर्गा निरौलाले गरेकी थिइन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2लैङ्गिक हिंसा विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img