Homeसमाचारराजनीतिमा महिलाको सहभागिताका लागि सामुहिक प्रतिवद्धता

राजनीतिमा महिलाको सहभागिताका लागि सामुहिक प्रतिवद्धता

बिर्तामोड २० मंसीर । लैङ्गिक समानता र निर्वाचित महिला जनप्रतिनिधिहरुको राजनीतिक सहभागिता अभिबृद्धि सम्बन्धी एकदिने अन्तरक्रिया बिर्तामोडमा सम्पन्न भएको छ ।
राजनीतिमा महिला सहभागिताको पहुँच बृद्धिका लागि काम गर्दै आएको दलित महिला केन्द्र नेपाल (शी लिड्स) को आयोजनामा सम्पन्न कार्यक्रममा झापाका विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, महिला वडासदस्यहरुको सहभागिता रहेको थियो ।
शी लिड्सकी उपाध्यक्ष लक्ष्मी परियारले संस्थाको उद्देश्य र राजनीतिमा महिलाको सहभागिताको अवस्थाबारे जानकारी गराएको कार्यक्रममा लैङ्गिकताको परिभाषा र बुझाई, लैङ्गिक समानता, लैङ्गिक समानताका कुरा ख्याल गर्नुपर्ने कारण, महिला नेतृत्व र लैंङ्गिक समानताका लागि सहयोगी बन्नुपर्ने कारण, बिशेष अधिकारका बारेमा बुझाई लगायतका विषय बस्तुमा छलफल भएको थियो ।
अन्तरक्रिया पछि महिलाहरुलाई अघि बढाउनका लागि पालिकाका प्रमुख उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले खेल्न सक्ने भूमिकाबारे प्रतिवद्धता समेत जनाएका छन् ।
कार्यक्रममा महिला जनप्रतिनिधिको भूमिकालाई उत्कृष्ट बनाउने साथै अन्य महिलाहरुको भूमिकाको समते खोजी गरी सम्बोधन गर्ने, महिला उत्थानका लागि गरिबी निवारण गर्न सीपमुलक कार्यक्रम सञ्चालन गर्ने, नीति कार्यक्रम र बजेट निर्माणमा महिलाको सहभागीतालाई प्राथमिकता दिइने, क्षमताको आधारमा जिम्मेवारी प्रदान गर्नुपर्ने, न्यायिक समिति र मेलमिलाप केन्द्रहरुमा महिलाहरुको विशेष भूमिका र जिम्मेवारी बाँडफाँड गर्ने लगायतका सामुहिक प्रतिवद्धता गरिएको छ ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतारा प्रसाई, दमक नगरपालिकाका मेयर रामबहादुर थापा, मेचीनगर नगरपालिकाकी मीना पोखरेल उप्रेती, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौला, दमक नगरपालिकी उपप्रमुख रेगिना भट्टराई, अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खगमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत गीता लिम्बू, मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र चौंलागाँई लगायतको सहभभागिता थियो ।
कार्यक्रममा कमल गाउँपालिका, बुद्धशान्ति गाउँपालिका लगायतका शी लिड्स परियोजना सञ्चालन भएका पालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सोमराज ढकाल, सम्झना पोखरेल लगायतले सहजीकरण गरेका थिए । प्रदेश १ का पाँचवटा जिल्लामा सञ्चालित शी लिड्स परियोजनाले झापाका ८ वटा पालिकामा जनप्रतिनिधिको क्षमता विकास, राजनीतिमा प्रतिष्पर्धा गरेर पनि निर्वाचित हुन नसकेका वा अन्य महिलाहरुलाई सीपमुलक कार्यक्रम सञ्चालन गर्दै आएको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारराजनीतिमा महिलाको सहभागिताका लागि सामुहिक प्रतिवद्धता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img