Homeसमाचारमेची महाकाली बुहारी संयुक्त आवाज झापा कानुनी परामर्श प्रशिक्षण

मेची महाकाली बुहारी संयुक्त आवाज झापा कानुनी परामर्श प्रशिक्षण

सालबारी १९ मंसिर । लैगिक हिसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर मेचीमाहाकाली बुहारी संयुक्त आवाज झापाले एकदिवसीय कानुनी परामर्श एवं प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
झापाको अर्जुनधारा नगरपालिका–९ स्थित सालबारीमा आयोजित कार्यक्रममा कानूनी सचेतना , हिंसा पश्चात अपनाइने उपचार प्रक्रिया, कानुनी ब्यवस्था, लगायत नजिरमा उल्लेखित बिषयमा प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा महिला हिसा न्युनिकरण गर्दै सभ्य समाजको स्थापना एवं महिलाले पाउने अधिकार के कस्ता छन भन्ने बिषयमा पनि छलफल गरिएको थियो । कार्यक्रममा प्रशिक्षण अधिबक्ता कबिता बास्तोला पाठकले दिनुभएको थियो ।
अर्जुनधारा नगरपालिका–९ का वडाध्यक्ष भीष्म मिश्रको प्रमुख आतिथ्य एवं आयोजक सस्थाका अध्यक्ष शिखा खड्का गणेशको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशेष अथिति कार्य पालिका सदस्य अस्मिता नेपाल, सस्थाका सल्लाहकार भावना आचार्य घिमिरे, दुर्गा खतिवडा लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
गङा भट्टराईले सन्चालन, परु सुबेदीले स्वागत एवं अर्चना ढकालले कार्यक्रमको औचित्यमाथी प्रकाश पार्नुभएको कार्यक्रममा स्थानीय वडाबासी एवं हिसापीडित महिला तथा सस्थाका आजीबन सदस्य, कार्यसमितिका पदाधिकारी/सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियोे ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमेची महाकाली बुहारी संयुक्त आवाज झापा कानुनी परामर्श प्रशिक्षण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img