Homeसमाचारकालीस्थानको १८ औं बार्षिक अनुष्ठानः ११ दिने स्कन्ध महापुराण, महारुद्रीसहित विराट महायज्ञ...

कालीस्थानको १८ औं बार्षिक अनुष्ठानः ११ दिने स्कन्ध महापुराण, महारुद्रीसहित विराट महायज्ञ शुरु

विर्तामोड १८ मंसिर । कालिकापीठ कालीस्थानको १८ औं बार्षिक अनुष्ठान अन्तरगत आयोजित श्रीमद् स्कन्ध महापुराण, महारुद्रीसहित विराट महायज्ञको समुद्घाटन सम्पन्न भएको छ ।
नेपालका ऐतिहासिक प्रथम जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजको करकमलबाट पीठमा आयोजित एक समारोहका बीच महायज्ञको समुद्घाटन गरिएको हो ।


कार्यक्रम समुद्घाटन समारोहमा बोल्दै जगतगुरु बालसन्त मोहनशरणले स्कन्ध महापुराणमा हिमवत्खण्डको विसद महिमा रहेको उल्लेख गर्दै शिवपुत्र स्वामी कार्तिकेय (कुमार)ले ब्याख्या एवं प्रचार–प्रसार गरेकाले पुराणको नाम स्कन्ध पुराण रहेको बताउनुभयो ।


पुराणमा कर्णालीपश्चिम, कर्णाली पूर्वदेखि कौशिकीसम्म, मानसरोबर, एवं कोशीपूर्वदेखि कास्मिरसम्मका हिमवतखण्डको चर्चा रहेको बताउनुभयो । स्कन्ध पुराणका ब्याख्याता, लेखक एवं प्रकाशकहरुले पनि उक्त पुराणमा नेपालका हिमवत खण्डको चर्चा बढी रहेको स्वीकार गरेको उहाँको भनाइ थियो ।
कार्यक्रमका विशिष्ट अतिथि एवं झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले धार्मिक क्षेत्रको योगदानको मूल्याङ्कन नगरिएपनि धार्मिक/सांस्कृतिक एवं संस्कृत शिक्षाबाट राष्ट्रका लागि थुप्रै उपलब्धी भएको धारणा राख्नुभयो ।


कार्यक्रमका विशिष्ट अतिथि एवं नेपाली कांग्रेस झापाका कार्यबाहक सभापति केशवराज पाण्डेले कानूनले मानिसलाई अनुशासनमा बाँध्न नसक्ने तर धर्म/संस्कार र संस्कृतिले मानिस अनुशासित र सभ्य हुने एवं हिंसामुक्त समाज स्थापित हुने धारणा राख्नुभयो ।
मानिस ५० बर्ष काटेपछि सत्मार्गको बाटो धर्म नै रहेछ भनेर धार्मिक बाटोमा लाग्ने गरेको बताउँदै पाण्डेले धार्मिक जागरणले उमेर छँदै सत्मार्गमा लाग्न प्रेरित गर्ने धारणा राख्नुभयो ।
कार्यक्रमका विशेष अतिथि एवं अर्जुनधाराका मेयर बलदेवसिंह गोम्देनले धर्म–संस्कार र संस्कृतिले मानिसलाई अनुशासित बनाउने र अनुशासनले नै सफलतातर्फ डोर्याउने बताउनुभयो । धर्मप्रति आस्था र विश्वास गर्ने ब्यक्तिले नकारात्मक कार्य नगर्ने उहाँको धारणा थियो ।
कार्यक्रममा सम्मानित ब्यक्तिहरुमध्येबाट उद्योगपति विकासकुमार दुगढले धर्म, संस्कार र संस्कृति मानव जीवनका लागि अपरिहार्य भएको बताउँदै वैदिक एवं संस्कृत शिक्षाको उन्नतिका लागि पीठको विकासमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा अध्यक्षको मन्तब्य राख्दै पीठका अध्यक्ष ज्योतिषाचार्य पं.लक्ष्मीप्रसाद पोखरेलले पीठको विकास र समृद्धिका लागि पहिलो योगदान दलमानसिंह तामाङ (चैनपुरे बा)ले जग्गादानबाट गर्नुभएको उल्लेख गर्दै दानदाता, मुष्ठिदानदाता, अन्नदाता, अक्षयकोषदाताहरुको योगदानबाट पीठको विकास सम्भव भएको बताउनुभयो । अक्षयकोष बृद्धिको लक्ष राखेर एकादशदिवसीय विराट महायज्ञको आयोजना गरिएको उहाँको भनाई थियो ।
कार्यक्रममा पीठमा अध्ययनरत नैष्ठिक ब्राम्हणहरुलाई २०७० सालदेखि निरन्तर अन्नदान गर्नुहुने दाता एवं प्रतिष्ठित उद्योगी के. एल. दुगढ ग्रुपका विकासकुमार दुगढलाई ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यसैगरी अक्षयकोषका दाताद्वय पं. तुलसीराम दाहाल, पं खडानन्द – डम्बरकुमारी खतिवडालाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । दाहाल र खतिवडाले अक्षयकोषका लागि ५१/५१ हजार रुपैया सहयोग गर्नुभएको छ ।
स्कन्द पुराणका ब्याख्याता एवं विद्वतवर पं चैतन्यकृष्णको ब्यासत्वमा स्कन्ध महापुराण, एवं वैदिक धर्मग्रन्थका ब्याख्याता आचार्य रघुनाथ रिजालको यज्ञाचार्यत्वमा महारुद्री महायज्ञ हुनेछ भने उपब्यासत्वमा पं.तोयानाथ खनाल, पं.टामन पौडेल, पं.कमल अधिकारी, पं.सन्तोष गौतम रहनुहुनेछ ।


पीठका उपाध्यक्ष डिल्लीराम दाहालले स्वागत मन्तब्य एवं सचिव भोलानाथ पोखरेल र उमाकान्त खनालले सञ्चालन गर्नुभएको कार्यक्रममा शंकराचार्य पीठ साधुटारका अध्यक्ष आचार्य पं लक्ष्मीप्रसाद खतिवडा, डा। गोविन्द गुरागाई, गोवद्र्धन गौशाला शिवसताक्षीका संरक्षक नन्दकिशोर भारद्वाज, सुकुम्बासी समाधान आयोग झापाका अध्यक्ष तिलक पाण्डे, शसस्त्र प्रहरी बल झापाका एस.पी. प्रदीप कार्की, नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य उमेश डालमिया, नेपाल प्रेस युनियनका केन्द्रीय सचिव रेजिना गौतम, नारी सञ्चार गृह झापाका अध्यक्ष भिमा शिवाकोटी,

संस्थापक अध्यक्ष सावित्रा दाहाल, अर्जुनधारा नगरपालिका ९ नम्बर वडाध्यक्ष भीष्म मिश्र, १० का वडाध्यक्ष भूपेन्द्र न्यौपाने, अर्जुनधारा जलेश्वरधामका अध्यक्ष नवीन गट्टानी, पाउ पाथीभरा मन्दिर चारआलीका अध्यक्ष तिलक गिरी, कालिका बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कर्णबहादुर तामाङ, जलकन्या मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष बखतबहादुर कटुवाल, कालीस्थान मा.वि.का प्रधानाध्यापक इन्द्र उप्रेती, कालिका शिसु सदनका संस्थापक प्रिन्सिपल मोहन सुब्बा, कालिकापीठका सल्लाहकार महलाल पौडेल, समुन्नत सहकारीका कमल पौडेल, शुभतारा बोर्डिङका संस्थापकहरु रमेश रिजाल, नेत्र बस्नेत, माधव संस्कृत विद्याश्रमका पुण्यप्रसाद रिजाल, महर्षि बैदिक फाउण्डेशनका निरिक्षक रेणुकृष्ण अधिकारी, सप्तऋषि गुरुकुलका संरक्षक शिव वावा, महर्षि वैदिक फाउण्डेशनका ध्यान शिक्षकहरु लक्ष्मी खनाल, मदनमोहन अधिकारी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । आगामी मंसिर २९ गतेसम्म सञ्चालन हुने महायज्ञ समुद्घाटन अघि नौमती बाजागाजासहितको धार्मिक झाँकीले सेतीपानी–जलकन्या–भुवनेश्वर–अर्जुनधारा जलेश्वरधाम–खतिवडाचोक हुँदै पीठमा पुगेर सभामा परिणत भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकालीस्थानको १८ औं बार्षिक अनुष्ठानः ११ दिने स्कन्ध महापुराण, महारुद्रीसहित विराट महायज्ञ...
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img